
पाल्पा, ३१ असार ।
नेपाली सेना दि फेमस महिन्द्र दल गण तानसेन पाल्पाले एतिहासिक श्री दर्लम महाकाली मन्दिर दर्लमडाडाँ पाल्पामा असार ३१ गते मंगलबार एक समारोहबीच घन्ट चढाएको छ। मन्दिरको मुल ढोका अगाडि बिशाल घन्ट विधिपूर्वक पूजाआजा गरि भगवती मातालाई अर्पण गरिएको हो। गणपति प्रमुख सेनानी भुपेन्द्र गुरूङले बिशेष पूजा अर्चना गरि गणको तर्फबाट घन्ट चढाउनु भएको हो।
समारोहमा गणका सेनानी जीत बहादुर कार्की र साबित्री थापा सहित अन्य अधिकृत र सकल दर्जा का सैनिकहरूको उपस्थिति थियो। मन्दिरका अध्यक्ष ङणराज गैरेको सभापतित्वमा आयोजित संछिप्त यो समारोहमा गणपति गुरुङ, मन्दिरका बरिष्ठ उपाध्यक्ष मुक्तिराम शर्मा पौडेल, वडाध्यक्ष ओम प्रकाश गैरे, पत्रकार मानव अधिकारकर्मी सामाजिक अभियन्ता भगवान् भन्डारी लगायतले मन्दिरको संरक्षण र पर्यटन बिकासबारे आआफ्नो धारणा राख्दै सैनिक नागरिक सम्बन्ध अझ कसिलो बनाउन यो कदमले प्रभाव पार्ने बताउनुभयो ।
बगनासकाली गाउँपालिका वडा नम्बर ५ दर्लमडाँडामा रहेकाे दर्लम महाकाली मन्दिर पश्चिम क्षेत्रकै प्रशिद्द मन्दिरको रुपमा परिचित छ । तस्विर र समाचार स्रोत : पत्रकार महासंघ पाल्पाका पूर्व अध्यक्ष एवंम् स्थानीय नागरिक भगवान भण्डारीकाे सहयाेगमा ।









