२०८२ फाल्गुन २ शनिबार
२०८२ फाल्गुन २ शनिबार

तानसेन–९ डाँडाडुम पाल्पामा होम स्टे तालिम

 
पाल्पा, ३१ असार ।
तारा गाउँ विकास समिति काठमाडौँको आयोजनामा तानसेन नगरपालिका ९ डाँडाडुममा सञ्चालित होम स्टे (घरबास) पर्यटन विकास सम्बन्धी आधारभूत तालिम सम्पन्न भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तारा गाउँ विकास समितिले मदनपोखरा सामुदायिक होम स्टे, डाँडाडुममा ४ दिने होम स्टे व्यवस्थापन तालिम चलाएको हो ।
तालिममा दुई दिन पर्यटन र होम स्टे, होम स्टेको अवधारणा, कानुनी प्रबन्ध, पर्यटकीय पूर्वाधार, अतिथि सत्कार, पर्यटकसँगको व्यवहार जस्ता विषयमा सैद्धान्तिक कक्षाहरु चलाइएको छ । पाहुनाको स्वागत र बिदाइ, घर कोठाको सजावट, खाना र खाजाका परिकार निर्माण, स्थानीय कला र संस्कृतिको प्रदर्शनलगायतका विषयमा दुई दिन प्रयोगात्मक कक्षाहरू सञ्चालन भएको मुख्य प्रशिक्षक शम्भु कार्कीले बताउनुभयो ।
तालिमपछि दिदीबहिनीहरूले स्थानीय सामग्री प्रयोग गरी ३५ प्रकारका खानाका परिकारहरू बनाएर अतिथिहरुलाई स्वादन गराउनुभयो । डाँडाडुमका ६६ घरधुरीमध्ये सुरुमा ११ घरमा होम स्टे सञ्चालन गर्ने लक्ष्य रहेको छ ।
 
तस्विर र समाचार ः वडा नं. ९ का अध्यक्ष राजेशकुमार अर्यालको सहयोगमा ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।