पाल्पा, १ भदौ ।
आज आइतबार पाल्पामा २०६ औं रणउजेश्वरी भगवती रथयात्रा (खटयात्रा) निकालियो । परम्परादेखि चलिआएको पाल्पा भगवती जात्रामा राष्ट्रियता खामिएको छ। भगवती जात्रालाई अंग्रेजलाई युद्धमा पराजय गरेको खुसीयालीमा ऐतिहासिक भगवती रथ यात्रा निकाल्ने गरिन्छ । यसकै निरन्तरतास्वरुप गोरखालीले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा वीरताको प्रतिकको रुपमा सिन्दुर जात्रा गरी भगवती रथयात्रा निकालिएको हो ।
कर्णेल उजीरसिंह थापाले विसं १८७२ मा निर्माण थालनी गरी विसं १८७६ मा तीन तले मन्दिर पूरा गरेका थिए। तिनै थापा नेतृत्वको फौजले विसं १८७२ वैशाख ७ गते जीतगढीमा अंग्रेजलाई परास्त गरेको थियो। युद्धमा निस्कनुअघि उनले विजय भएमा ठूलो मन्दिर बनाई खटजात्रा शुभारम्भ गर्ने भगवतीसँग भाकल गरेका थिए। आफ्नो भाकल पूरा भएपछि उनले मन्दिर बनाए। जात्रालाई निरन्तरता दिए । २०६ औं रथयात्रा यस्तो देखियो हेरौं तस्विरमा ।











