२०८२ फाल्गुन २ शनिबार
२०८२ फाल्गुन २ शनिबार

‘दोस्रो रणउजिरेश्वरी भगवती कप’ को उपाधी पाल्पा भलिबल संघलाई

पाल्पा ३, भाद्र ।
श्रीनगर भलिबल क्लबको आयोजनामा सम्पन्न दोस्रो रणउजिरेश्वरी भगवती कप प्रतियोगिताको उपाधी पाल्पा जिल्ला भलिबल संघले चुमेको छ। गत साउन २८ गतेदेखि सुरु प्रतियोगिताको सोमबार तानसेन टुँडिखेलमा सम्पन्न फाइनल प्रतियोगितामा फरइभर जापान जोकियो भलिबल क्लबलाई ३–२ सेटले पराजित गरेको हो ।

पाल्पा भलिबल क्लबले २५–१७, २२–२५, २६–२८, २५–२१ र १३–१५ को सेटमा जापान टोकियो भलिबल क्लबलाई पराजित गरेको हो । पहिलो भएसंगै जिल्ला भलिबल संघ पाल्पाले नगद एक लाख ७५ हजार, ट्रफी, प्रमाणपत्र प्राप्त गरेका छन् । उपबिजेता भएसँगै फरइभर जापान जोकियो भलिबल क्लबले नगद १ लाख २५ हजार ट्रफी र प्रमाणपत्र पाएको छ ।

प्रतियोगितामा मणिमुकुन्द भलिबल क्लब रुपन्देहीले जिएम समाज नवलपुरलाई ३–१ ले पछि पार्दै तेस्रो भएको छ । मणिमुकुन्दले २८–२६, २५–१४, २१–२५ र २५–१६ को सेटमा नवलपुरलाई पछि पारेको हो । तेस्रो भएसंगै ६० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने सान्तवना भएको नवलपुरले ३० हजार नगद ट्रफी र प्रमाणपत्र पाएको छ ।

प्रतियोगितामा पुरुषतर्फ ५ टिमको सहभागिता रहेको थियो । विद्यागततर्फ उत्कृष्ट खेलाडी हिमाल सुनारी, बेष्ट सर्भर अशोक श्रेष्ठ, डिफेन्सतर्फ राजन दर्लामी, ब्लकर लोचन आले, सेटरमा दिपेश कु“वर, स्पाइकर सञ्जुविक्रम शाह भएको श्रीनगर भलिबल क्लबका अध्यक्ष कृष्ण आलेले जानकारी दिनुभयो ।

महिलातर्फ निस्दी भलिबल क्लबलाई पछि ३–० को सेटमा पछाडि पार्दै चण्डेश्वरी युवा क्लब रिब्दीकोट–६, ठिमुरे पहिलो भएको छ । उसले २५–१३, २५–२० र २५–२३ को सेटमा पछि पार्दै पहिलो भएको हो । पहिलो भएसंगै प्रथम हुने चण्डेश्वरीले ३० हजार नगद, प्रमाणपत्र र ट्रफी प्राप्त गरेका छन् । दोस्रो भएको निस्दीले नगद २० हजारसहित ट्रफि र प्रमाणपत्र प्राप्त गरेका छन् । महिलातर्फ तेस्रो भएको कानुङ भलिबल क्लब पाल्पाले ३–० को सेटमा न्यु होराइजन भलिबल क्लब तानसेनलाई पछि पार्दै तेस्रो स्थान प्राप्त गर्न सफल भएका छन् ।

तेस्रो हुने कानुङ भलिबल क्लबले १० हजार नगदसहित ट्रफी र प्रमाणपत्र पाए भने सान्त्वना भएको न्यू होराइजन हुनेले ५ हजार पुरस्कार प्राप्त गर्ने आयोजकको भनाइ छ । विद्यागत महिलातर्फ उत्कृष्ट खेलाडी अनिसा रोका, डिफेन्समा रस्मिता गुरुङ, ब्लकर लोकमाया बयम्बु, सेटरमा प्रतिभा चौधरी, स्पाइकर सोइ थापा र सर्भरमा रिचा गाहा भएको श्रीनगर भलिबल क्लबका सचिव दीपक चौहानले जानकारी दिनुभयो ।

विजेता टिम तथा खेलाडीहरूलाई लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेम सारु, श्रीनगर भलिबल क्लबका अध्यक्ष कृष्ण बहादुर आले, नेपाली कांग्रेस पाल्पा जिल्ला सभापति हिमालदत्त श्रेष्ठ लगायतले नगद पुरस्कार, ट्रफि, प्रमाणपत्र बितरण गर्नुभएको थियो । सोही अवसरमा बोल्दै स्वास्थ्यमन्त्री सारुले देश तथा विदेशमा नाम राख्ने खेलकुदको माध्यम भएकाले तल्लो तहबाटै खेलकुदलाई प्राथमिकता दिएर अघि बढाउनुपर्नेमा जोड दिनुभयो। मन्त्री सारुले लुम्बिनी प्रदेश सरकारले पनि खेलुकदको क्षेत्रलाई मत्वका साथ हेरेर सोही अनुसारको बजेट व्यवस्थापन गर्दै आएको बताउनुभयो ।

खेल संस्कृतिको विकास, जिल्लाको पर्यटन प्रचार, स्थानीय र राष्ट्रियस्तरका खेलकूद गतिविधिलाई प्रोत्साह गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको श्रीनगर भलिबल क्लवका अध्यक्ष कृष्णबहादुर आलेले जानकारी दिनुभयो । रणउजिरेश्वरी भगवती कप क्लवस्तरीय खुला पुररुष तथा महिला भलिबल प्रतियोगिताको दोस्रो संस्करणसफल पार्ने सवैलाई धन्यवाद व्यक्त गर्दै यसको निरन्तरको लागि सवैको साथ आवश्यक हुने बताउनुभयो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।