२०८२ फाल्गुन २ शनिबार
२०८२ फाल्गुन २ शनिबार

बगनासकालीमा स्वास्थ्य शाखाको वार्षिक समीक्षा

पाल्पा, १५ भदौ ।
बगनासकाली गाउँपालिका, स्वास्थ्य शाखाले वार्षिक समीक्षा गोष्ठी सम्पन्न गरेको छ । भदौ १५ गते आइतबार गाउँपालिका सभाहलमा पालिकाभित्रका ९ वटा वडाका स्वास्थ्य संस्थाहरूले आर्थिक वर्ष २०८१/८२ मा सम्पादन गरेका कार्य प्रगतिको तथ्याङ्कीय विश्लेषणसहित समीक्षा गरेका हुन् ।

समीक्षाबारे टिप्पणी गर्दै स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुकप्रसाद पोखरेलले स्वास्थ्यमा गाउँपालिकाको प्रगति राम्रो हुनुको कारण आधारभूत तथ्याङ्कीय विरण राम्रो राखेकाले गरेका कामलाई निरन्तरता दिन र सिक्न बाँकी विषयलाई समयमै ध्यान दिनुपर्ने बताउनुभयो । स्वास्थ्य शिक्षा प्रचार प्रसार र नागरिकको आनीबानीमा सुधार गर्न सकिएमा स्वास्थ्य क्षेत्रमा समस्या कम हुने पोखरेलको भनाई थियो । उहाँले विशेषज्ञ सेवा जिल्लास्तरका स्वास्थ्यसंस्थामा हुने भएपनि स्वास्थ्यलाई मध्यनजर गर्दै राज्यले प्रत्येक वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र अवधारणा अगाडि सारेको बताउनुभयो । यसका साथै स्वास्थ्यकर्मीहरूलाई समुदायमा परिचालित हुँदै सेवाग्राहीको अन्तरक्रियामा जोड दिनुपर्ने र तथ्याङ्कमा एकरुपकता कायम गर्न उहाँले सुझाव दिनुभयो । केही सूचकहरूमा जिल्लामै बगनासकालीको नतिजा अगाडि रहेकोले प्राप्त उपलब्धीलाई जोगाउँदै आवश्यक सुधारका लागि सक्रियता बढाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले स्वास्थ्यका प्राय सूचकहरू राम्रो हुनुमा स्वास्थ्यकर्मीको निरन्तर सक्रियता रहेको बताउनुभयो । उहाँले वर्षभरिका कामको तथ्याङ्कको मात्र नभई सेवाप्रवाह, कामको गुणस्तर र सामाजिक उत्तरदायित्वको समेत समीक्षा गर्नुपर्नेमा जोड दिनुभयो । स्वास्थ्य सेवालाई सहज, सरल र सर्वसुलभ बनाउन कर्मचारी, जनप्रतिनिधिविच समन्वय, सहकार्य र एकता आवश्यक हुने अध्यक्ष चिदीको भनाई थियो ।

उपाध्यक्ष हरिप्रसाद पाठकले स्वास्थ्य क्षेत्र नागरिकको जीवन सुरक्षित गर्ने संवेदनसिल क्षेत्र भएकाले बगनासकालीले स्वास्थ्य क्षेत्रमा गरेको प्राप्त उपलब्धीलाई यथावत राख्दै थप प्रगतिको लागि जनप्रतिनिधि, कर्मचारीको सक्रियता आवश्यक हुने औंल्याउनुभयो । कर्मचारीहरू र जनप्रतिनिधिविचको आवश्यक समन्वय, सहकार्यबाट नागरिकलाई प्रभावकारी सेवाप्रवाह गर्न स्वास्थ्यकर्मीलाई उपाध्यक्ष पाठकले सुझाव दिनुभयो ।

स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले गाउँपालिकामा दीर्घरोगी ७४ जना रहेको, प्रदेशस्तरीय कुपोषित खोज पड्ताल कार्यक्रमबाट ५ प्रतिशत बच्चाहरू कुपोषित रहेको बताउनुभयो । उहाँले घरदैलो र वडास्तरमा भएका घुम्ती शिविरका कार्यक्रम प्रभावकारी रहेको र स्वास्थ्यका कार्यक्रम पारदर्शी रहेकोले केही व्यवस्थापकीय पक्षमा जोड दिन सकेमा थप प्रगति गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

गाउँपालिकाका वडाहरूको कार्यसम्पादनलाई आधारमानी उत्कृष्ट वडालाई सोही अवसरमा सम्मान गरिएको थियो । जसअन्र्तगत वडा नं. ९ को चापपानी स्वास्थ्य चौकी प्रथम, वडा नं. ४ स्थित खानीछाप स्वास्थ्य चौकी दोस्रो र वडा नं. २ पोखराथोक स्वास्थ्य चौकी तृतीय स्थानमा रहेका थिए । अन्य स्वास्थ्य संस्थाहरूको समेत नतिजा सन्तोषजनक रहेको सोही अवसरमा जानकारी गराइएको थियो । गाउँपालिका भित्रका सवै स्वास्थ्य संस्थाले वर्षभरी कार्यसम्पादन गरेका काम, समस्या, चुनौतीका विषयमा तथ्याङ्कीय विश्लेषणसहितको प्रस्तुती राख्नुभएको थियो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।