२०८२ फाल्गुन २ शनिबार
२०८२ फाल्गुन २ शनिबार

प्रभावकारी बन्दैछ तानसेनको श्रीनगर सरसफाई अभियान

भोजराज भट्टराई
पाल्पा, ४ असोज ।
‘हामी गर्छौ‌ हाम्रो श्रीनगर सरसफाई’ अभियानले तेह्र हप्ता पार गरेको छ । यहाँका स्थानीय सचेतक सामाजिक अभियन्ताहरूबाट हरेक शनिबार बिहान स्वयंसेवी रूपमा सञ्चालनमा आएको अभियानले असोज ४ गते शनिबार तेह्र हप्ता पार गरेको हो ।


कुनै पनि किसिमको आर्थिक कारोबारका साथै चन्दा संकलन विना सञ्चालन गरिएको अभियानबाट श्रीनगर क्षेत्रमा सुन्दरता थप्न र नागरिकमा सरसफाईप्रतिको सचेतना फैलाउन सफल भएको सरसफाई अभियानका संयोजक शम्भु आचार्यले जानकारी दिनुभयो । ‘यो अभियानको कुनै समिति छैन, बैंक खाता छैन । यो विशुद्ध नागरिक अभियान हो ।’ उहाँले भेटमा सञ्चारकर्मीलाई सुनाउनुभयो । आचार्यका अनुसार सरसफाई अभियान सञ्चालन गर्न थालेपनि श्रीनगर क्षेत्रमा पुग्ने नागरिकहरूमा पनि चेतनाको अभिवृद्धि भई पहिला फोहोर जथाभावी फाल्नेहरू अहिले सचेत भई जथाभावी फोहोर फाल्ने काम निकै कम भएको छ ।


शनिबार तेह्रौं हप्ताको सरसफाई अभियानमा ग्रीन फर गुड नेपालले फोहोर संकलनको लागि प्रयोग हुने बाँसका डोको प्रदान गरेको छ । ‘हामी हाम्रो संस्थागत उद्देश्यसँग समेत मेलखाने देखिएकोले निरन्तर जोडिएका छौं । कार्यक्रमलाई थप प्रभावकारी बनाउन सहयोग पुगोस् भन्ने उद्देश्यका साथ ६ थान बाँसका डोको प्रदान गरी विभिन्न ठाउँमा फोहोर संकलनका लागि राख्नमा समेत सहयोग गरेका छौं ।’ ग्रीन फर गुड नेपाल पाल्पाका अध्यक्ष धनिश्वर बस्यालले बताउनुभयो ।


शनिबार सरसफाई अभियान सकिएलगत्ती ग्रीन फर गुड नेपालका सचिव गंगाबहादुर खत्री र कार्यसमिति सदस्य भोजराज भट्टराईले संक्षिप्त मन्तव्य राख्दै तानसेनको सौन्दर्यकरण विस्तार र नागरिकस्तरमा सरसफाइप्रतिको धारणा विकास गर्न अभियानले सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।


नेपाल टेलिकमका कर्मचारी, स्थानीय नागरिक, विभिन्न व्यक्तिहरूले सरसफाईमा जोडिँदै सरसफाईका लागि आवश्यक हुने सामग्री प्रदान गर्दै अभियान सञ्चालन भएको छ । तानसेनको श्रीनगर क्षेत्रलाई व्यवस्थित गर्न यहाँ टे«किङ्ग मार्ग व्यवस्थापन, पिकनिक स्पट, शौचालय, पार्कीङ्ग लगायतका तानसेन नगरपालिकाले सहयोग गर्दै आएको छ ।

तानसेन नगरपालिकाको आन्तरिक आम्दानी प्राप्त हुने स्रोत मध्ये श्रीनगर क्षेत्र अग्रस्थानमा रहेको छ । श्रीनगर क्षेत्रलाई फोहोर मुक्त गराउन स्थानीय सरकारले समेत समन्वय गर्दै जथाभावी फोहोर गर्नेलाई दण्ड जरिवाना गरिएमा स्वयंसेवी नागरिकको अभियानले थप सार्थकता पाउने सहभागीहरूको भनाई छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।