२०८२ फाल्गुन २ शनिबार
२०८२ फाल्गुन २ शनिबार

बगनासकाली बहुउद्देश्यीय सहकारीको सातौं साधारणसभा

भोजराज भट्टराई
असोज, ६ पाल्पा ।
बगनासकाली वहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, बगनासकाली–८ बराङ्दीको सातौं वार्षिक साधारणसभा सोमबार सम्पन्न भयो ।
सोही अवसरमा सहकारीका अध्यक्ष कृष्ण भुसालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको कूल चुक्ता शेयर पूँजी ८५ लाख ८६ हजार रुपैंया र कर्जा लगानी ५ करोड, ५९ लाख १० हजार ९ सय ९५ रहेको जानकारी दिनुभयो । यस्तैगरी सहकारीको जगेडा पूँजी ४४ लाख २६ हजार ८ सय २१ रुपैँया र कूल बचत ५ करोड ४३ लाख ७२ हजार ८२ रुपैया रहेको उहाँले जानकारी दिनुभयो । संस्थाको आ.व.२०८१।८२ मा कुल कारोबार ९ करोड ९२ लाख ५३ हजार ८ सय ८६ गरेको र शुद्द नाफा २१ लाख ९५ हजार ५० रुपैंया रहेको उहाँले बताउनुभयो ।


कार्यक्रमका प्रमुख अतिथि जिल्ला सहकारी संघ पाल्पाका अध्यक्ष भुपती पाण्डेले साधारण सभाको उद्घाटन गर्नुभएको हो । उहाँले सहकारीको समय समयमा अनुगमन गर्नुपर्ने र शेयरसदस्य मैत्री कार्यक्रम अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । वार्षिक प्रतिवेदन संस्थाका अध्यक्ष कृष्ण भुसाल र लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन लेखा समिति सदस्य रविलाल तिमिल्सिनाले प्रस्तुत गरेकोमा सर्वसम्मत पारित भयो ।


कार्यक्रममा संस्थाका सल्लाहकार गणेशप्रसाद बस्यालले सहकारी संस्थाको संक्षिप्त परिचयसहित सहकारीको मूल्य मान्यता अनुसार अगाडि बढ्न सुझाव दिनुभयो । बगनासकाली ८ का वडा अध्यक्ष मोतीलाल बस्याल, वडा नं. ९ का अध्यक्ष ठानेश्वर तिमिल्सिना, जेष्ठ नगारिक टिकाराम बस्याल, चन्द्र मा.वि.का व्यवस्थापन समिति अध्यक्ष लिलाधर अर्याल लगायतले बोल्नुभएको थियो । सहभागी सदस्यहरूले सुझाव राख्दै वर्तमान अवस्थामा सहकारीमा देखा परेका समस्या मध्यनजर गर्दै सञ्चालकहरूले आफ्नो काम, कर्तव्य र दायित्व जिम्मेवारपूर्वक निर्वाह गर्न आग्रह गर्नुभएको थियो ।


सोही अवसमा र पत्रकार महासंघ पाल्पाका सचिव रामचन्द्र रायमाझी, वडा नं. ८ का वडा सचिव नारायण तिमिल्सिना, महिला सदस्य मनिषा बस्याल लगायतले बोल्नुभएको थियो । सो अवसरमा जेष्ठ नागरिक, उत्कृष्ट कारोबार गर्ने बचतकर्ता, विभिन्न उत्कृष्ट कृषक, विद्यार्थी लगायतलाई सम्मान गरिएको थियो । उक्त सहकारीमा हाल १ हजार ५ सय ९ सदस्य सदस्य छन् । संस्थाका अध्यक्ष कृष्ण भुसालको अध्यक्षता र सचिव कमलराज तिमिल्सिनाको सञ्चालनमा कार्यक्रम भएको हो ।


साधारण सभाको अवसरमा सहभागी शेयर धनीलाई सहकारीको लोगो अंकित झोला, ढाका व्याग सहितको मायाको चिनो प्रदान गरिएको थियो । संस्थाले विभिन्न समयमा सामाजिक उत्तरदायित्व निर्वाह लगायतका कार्यक्रम गर्दै सो क्षेत्रमा उत्कृष्ट सहकारीको रूपमा स्थापित हुँदै आएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।