२०८२ फाल्गुन २ शनिबार
२०८२ फाल्गुन २ शनिबार

पाल्पामा मतदाता नामावली सङ्कलनमा उत्साह

भोजराज भट्टराई
पाल्पा, २१ असोज ।
आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पाल्पामा सुरु भएको मतदाता सङ्कलनमा उल्लेख्य भिड लाग्ने गरेको छ । असोज १० गतेदेखि सुरु भएको यो काममा नयाँ मतदाताले उत्साहका साथ सहभागिता जनाएका छन् ।

जिल्ला निर्वाचन कार्यालय पाल्पाका अनुसार यो अभियान असोज ३० गतेसम्म सञ्चालन हुनेछ । कार्यालयका प्रमुख महेश शर्माका अनुसार नयाँ मतदाता नामावली दर्ताका साथै अद्यावधिक र त्रुटि सच्याउनका लागि पनि आवदेन आएका आएका छन् । शर्मामा कार्यालय सञ्चालन भएका दिनमा २५ जना दिनमा औसत आएको छ । ‘अहिले दिनमा औसत २५ जना सेवाग्राहीले सेवा लिनुभएको छ । चाडवाडको समय भएकाले भीड कम देखिएपनि चाडपर्वपछि यो संख्या बढ्ने देखिन्छ’, शर्माले भन्नुभयो, ‘पहिले नै मतदाता नामावलीमा नाम दर्ता भइसकेका तर विवरण (जस्तै बायोमेट्रिक, फोटो, हस्ताक्षर, ठेगाना आदि) मा त्रुटि भएका व्यक्तिहरूले पनि सोही अवधिभित्र विवरण संशोधनका लागि निवेदन दिन सक्नेछन ।’

पाल्पामा २०७९ को प्रतिनिधि सभा निर्वाचनमा २ लाख १ हजार ३ सय २६ जना मतदाता रहेका थिए । यसमध्ये ९८ हजार २ सय ८ जना पुरुष र १ लाख ३ हजार १ सय १८ जना महिला मतदाता थिए । जिल्लामा प्रतिनिधि सभाका दुई निर्वाचन क्षेत्र छन् ।
निर्वाचन कार्यालयले १६ वर्ष पूरा भई नेपाली नागरिकता प्राप्त गरेका सम्पूर्ण मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको छ । निर्वाचन आयोग, नेपालले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गर्ने निर्णयसँग असोज ९ गतेको निर्णय अनुसार स्थायी मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः सञ्चालनमा ल्याएको हो ।

कार्यालयले कार्तिक ३० गतेभित्रै मतदाता नामावली दर्ता, संशोधन र ठेगाना परिवर्तन गर्ने सम्पूर्ण कार्य गर्न अनुरोध गरेको छ । उक्त मिति पछाडि विवरण परिवर्तन वा अद्यावधिक कार्य गर्न नसकिने जनाएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।