२०८२ फाल्गुन २ शनिबार
२०८२ फाल्गुन २ शनिबार

पालिकाभित्रका ६ वटा केन्द्रमा एकसाथ अतिरिक्त क्रियाकलाप सञ्चालन

पाल्पा २८, असोज ।
बगनासकाली गाउँपालिकाले पालिकाभित्रका सवै विद्यालयलाई समेटेर एकसाथ हाजिरीजवाफ र वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरको छ ।
बालमैत्री शाखाको संयोजनमा गाउँपालिकाले मंगलबार पालिकाभित्रका विभिन्न ६ स्थानका विद्यालयमा केन्द्र राखेर एकसाथ पालिकास्तरीय हाजिरिजवाफ र वक्तृत्वकला प्रतियोगिता सञ्चालन भएको बालमैत्री कार्यक्रम संयोजक नारायण तिमिल्सिनाले जानकारी दिनुभयो ।


एकैदिन एकैसाथ छ ठाउँका केन्द्रमा चलेको प्रतियोगितामा विभिन्न विद्यालयबाट विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो । गाउँपालिकाको वडा नं. १ स्थित ग्राम्य मा.वि., वडा नं. ३ स्थित सिद्धि मा.वि., वडा नं. ४ स्थित राम मा.वि., वडा नं. ६ स्थित गुँगा मा.वि., वडा नं. ८ स्थित बेद मा.वि. र वडा नं. ९ स्थित चन्द्र माध्यमिक विद्यालयमा प्रतियोगिता सञ्चालन भएका हुन् ।
जस अन्तर्गत वडा नं. १ ग्राम्य मा.वि., वडा नं. ८ स्थित बराङ्दी र वडा नं. ९ चापपानी केन्द्र नजिकका विद्यालयको सहभागितामा आधारभूत तह (६–८) स्तरीय वक्तृत्व कला प्रतियोगिता सञ्चालन भएको हो । यस्तैगरी गाउँपालिका अन्तर्गतको ग्राम्य मा.वि., सिद्धि मा.वि., राम मा.वि., गुँगा मा.वि., बेद मा.वि. र चन्द्र मा.वि. नजिकका आधारभूत तह (१–५) तहका विद्यालयका विद्यार्थीको सहभागितामा हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरिएको हो ।

प्रतियोगिता सञ्चालन भएका विभिन्न केन्द्रमा गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदी, उपाध्यक्ष हरिप्रसाद पाठक, निमित्त प्रमुख प्रशासकीय अधिकृत यादव प्रसाद न्यौपाने, शिक्षा शाखा प्रमुख निशा पाण्डे लगायतले अनुगमन तथा सहजीकरण गर्नुभएको थियो ।


यसैबीच चन्द्र मा.वि.मा सञ्चालन भएको हाजिरी जवाफ प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले विद्यार्थीको सिर्जनसिलता र बौद्धिक विकासको लागि यसखालका प्रतियोगिताले सहयोगी भूमिका खेल्ने विश्वास गर्नुभयो । अतिरिक्त क्रियाकलापले विद्यार्थीको चौतर्फी विकास हुने भएकाले बालमैत्री घोषणा भएको गाउँपालिकाले बालबालिकाको आवश्यकताका आधारमा अतिरिक्त क्रियाकलाप सञ्चालनमा सहजीकरण र समन्वय गर्दै जाने जानकारी दिनुभयो ।

चन्द्र मा.वि.मा चलेको हाजिरीजवाफ प्रतियोगितामा चन्द्र मा.वि.को समूह प्रथम, नर्थ प्वाइन्ट बोर्डिङ स्कूलको समुह दोस्रो, दर्लमडाँडा मा.वि.को समुह तेस्रो र सरस्वती आधारभूत विद्यालयको समूहले सान्त्वना स्थान हासिल गरेको प्रधानाध्यापक यमबहादुर रास्कोटीले जानकारी दिनुभयो । यस्तैगरी वक्तृत्वकला प्रतियोगितातर्फ चन्द्र मा.वि. प्रथम, गुँगा मा.वि., तेस्रो अरनिको आ.वि., दर्लमडाँडा मा.वि.का सहभागी विद्यार्थीले सान्त्वना स्थान हासिल गरेका थिए । विजयी प्रतियोगी विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री, प्रमाणपत्रसहित पुरस्कृत गरिएको थियो ।

गाउँपालिकाको ग्राम्य मा.वि.मा गाउँपालिकाका प्रशासकीय अधिकृत सुजन घिमिरे र बालमैत्री कार्यक्रम संयोजक नारायण तिमिल्सिना, सिद्धी मा.वि.मा वडा १ नं. का सचिव विराट गैरे, राम मा.वि.केन्द्रमा मेडपा फोकल पर्सन प्रेमबहादुर बगाले, गुँगा मा.वि. केन्द्रमा लेखासहायक दुर्गा पराजुली, बराङ्दी केन्द्रमा शिक्षा शाखा प्रमुख निशा पाण्डे र रोजगार संयोजक सरिता पाण्डे र चन्द्र मा.वि.केन्द्रमा एम.आई.एस.अपरेटर भोजराज भट्टराईले सहजीकरण गर्नुभएको थियो ।
प्रतियोगितामा विजेता प्रथम समहुलाई दुई हजार पाँच सय, दोस्रो हुनेलाई दुई हजार, तेस्रो हुनेलाई एक हजार पाँच सय र सान्त्वना हुनेलाई १ हजार बराबरको शैक्षिक सामग्रीसहित प्रमाणपत्र प्रदान गरिएको गाउँपालिका बालमैत्री शाखा संयोजक नारायण तिमिल्सिनाले जानकारी दिनुभयो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।