२०८२ फाल्गुन २ शनिबार
२०८२ फाल्गुन २ शनिबार

कथिन चीवर दान उत्सव, शोभायात्रा तथा धर्मसभा

पाल्पा ।
पाल्पामा असोज २८ मंगलबार कथीन चीवर दान उत्सव, शोभायात्रा तथा धार्मिक सभा सम्पन्न भएको छ । ज्ञानमाला संघ आनन्द विहार, पाल्पाको आयोजनामा भएको उक्त कार्यक्रममा विहारमा वर्षाबासमा बसेका भिक्षु अनिरूद्र र पाल्पासहित लुम्बिनी, काठमाडौंलगायत विभिन्न जिल्लाबाट आएका ६० जना भिक्षुहरूलाई कथिन दान सँगै शोभायात्रा र धार्मिक सभा सम्पन्न गरेको हो ।


कार्यक्रममा पाल्पासहित देशका विभिन्न स्थानबाट भिक्षु, उपासक, उपासिका तथा सर्वसाधारणको ठूलो संख्यामा उपस्थिति थियो । बौद्ध परम्परा अनुसार विहारले तीन महिना वर्षावासमा बसेका भिक्षुका लागि गरिने दानका लागि ‘कथिन चिवर दान’ उत्सवको आयोजना गरी श्रद्धालु भक्तजनबाट अष्ट परिष्कार प्रदान गरिएको थियो । प्रत्येक वर्ष असार पूर्णिमादेखि असोज पूर्णिमासम्म तीन महिना भिक्षुहरू वर्खाबास बस्ने परम्परा छ । आयोजकले दिएको जानकारी अनुसार यसरी वर्षाबास बसेका भिक्षुहरूका लागि कथिन दान गर्ने गरिन्छ । तानसेनका दाता विश्वमान बज्राचार्यको प्रमुख सहयोगमा कथिन दान उत्सव मनाइएको हो ।

 


तानसेनस्थित ज्ञानमाला संघ आनन्द विहारमा वर्खाबास बसेका भिक्षु अनिरुद्रसहित अन्य भिक्षुहरूलाई बौद्ध परम्परा अनुसार चिवर दान, अष्ट परिकार दान गरिएको थियो । भिक्षुले लगाउने पहेँलो वस्त्र (चिवर) र भिक्षापात्रलाई चिवरदान भनिन्छ । अष्ट परिष्कारमा भिक्षुका लागि आवश्यक दाह्री–कपाल खौरने सामान, भित्री–बाहिरी कपडा, सियो–धागो लगायत आठ सामग्री हुन्छन् । अनुशासित र नियमपूर्वक तीन महिने वर्षाबास बस्ने भिक्षुलाई चिवर र भिक्षा पात्र प्रदान गरिन्छ ।


महोत्सवमा प्रमुख अतिथि अखिल नेपाल भिक्षु महासंघका निवर्तमान अध्यक्ष मैत्री महास्थविरले धर्मादेशना गर्दै बुद्धको उपदेश र उहाँले अनुमति दिएको ‘कथिन चिवर दान’ विषयमा जानकारी दिनुभएको थियो । धर्मासभा शुरु हुनुपूर्वको शोभा यात्रा गरिएको थियो । तानसेनको आनन्द विहारबाट शुरु भएको शोभायात्रा नगरका विभिन्न स्थान हुँदै टुँडीखेलमा पुगी धर्मसभामा परिणत भएको थियो । कार्यक्रमको संयोजन आनन्द विहारका पूर्व अध्यक्ष उत्पल कुमार बज्राचार्यले गर्नुभएको थियो । विहारका अध्यक्ष सञ्जय राज शाक्यको अध्यक्षता र महासचिव दिनश बज्राचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।