२०८२ फाल्गुन २ शनिबार
२०८२ फाल्गुन २ शनिबार

स्वास्थ्यको कार्यसम्पादनमा पहिलो बन्यो पूर्वखोला

पाल्पा २, कार्तिक ।
पाल्पा जिल्लाका दश स्थानीय तहमध्ये पूर्वखोला गाउँपालिका स्वास्थ्य क्षेत्रको कार्यसम्पादनमा पहिलो बन्न सफल भएको छ । स्वास्थ्य कार्यालय पाल्पाले स्वास्थ्य सम्बन्धी विभिन्न सूचकका आधारमा कार्यसम्पादनमा पूर्वखोला गाउँपालिकालाई पहिलो घोषणा गरेको हो ।


आर्थिक वर्ष २०८१/८२ मा सम्पादित स्वास्थ्यसम्बन्धी गतिविधिका मुख्य सूचकहरूका आधारमा पूर्वखोला गाउँपालिकाले ६६.०५ अंक ल्याएर पहिलो बनेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । स्वास्थ्य कार्यालय पाल्पाको आयोजनामा असोज ३० गते विहिबार र ३१ गते शुक्रबार आयोजित २०८१/८२ मा सञ्चालित कार्यक्रमहरूको वार्षिक समीक्षा तथा आर्थिक वर्ष २०८२/८३ को कार्यक्रम कार्ययोजना गोष्ठीको अवसरमा सूचकहरूको मूल्याङ्कन गर्दै पुरस्कृत गरिएको थियो ।


निस्दी गाउँपालिका ६५.३५ अंक ल्याएर दोस्रो बन्दा रैनादेवीछहरा गाउँपालिका ६४.९८ अंकका साथ तेस्रो स्थान हासिल गरेको हो । पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने स्थानीय तहलाई पुरस्कारस्वरुप सम्मान पत्र प्रदान गरिएको छ । पुरस्कृत स्थानीय तहलाई लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

पूर्वखोलाका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले आगामी दिनमा अझ प्रभावकारी र गुणस्तरीय सेवा प्रवाहका लागि सम्मानले प्रेरणा दिएको बताउनुभयो । उहाँले स्वास्थ्य सेवाको क्षेत्रमा स्वाथ्यकर्मीहरूको सामुहिक योगदानका कारण पूर्वखोला भएको भएको भन्दै आगामी दिनमा स्वास्थ्य सेवाको आवश्यक सुधारका लागि समेत निरन्तर सहयोग र सहभागिताको आवश्यक हुने औंल्याउनुभयो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।