२०८२ फाल्गुन २ शनिबार
२०८२ फाल्गुन २ शनिबार

पाल्पामा थपिए ४३३ नयाँ मतदाता

भोजराज भट्टराई,
पाल्पा, १२ कार्तिक ।
पाल्पामा ४३३ जना नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय, पाल्पाले विशेष मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य सुरु गरेपछि ती मतदाता थपिएका हुन् । फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी जारी मतदाता नामावली सङ्कलनमा नाम दर्ता गराउनेहरूमा पाल्पामा युवा बढी सक्रिय देखिएका छन् ।

जिल्ला निर्वाचन कार्यालय पाल्पाले आयोगको निर्देशनपछि थालेको मतदाता नामावली सङ्कलनमा नाम दर्ता गराउनेहरूमा युवाको सव्रिmयता बढी देखिएको निर्वाचन अधिकृत महेश शर्माले जानकारी दिनुभयो । सार्वजनिक विदाको दिन बाहेक बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म मतदाता नामावली सङ्कलनको काम सूचारु रहेकोमा कार्तिक २ गतेसम्म ४३३ नयाँ मतदाता थपिएका हुन् ।

सरकारले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा जेनजीको पनि मतदानमा बढीभन्दा बढी मताधिकार प्रयोग होस् भन्ने अभिप्रायले मतदाता नामावली सङ्कलन थालेको हो । असोज १० गतेदेखि सुरु भएको मतदाता नामावली सङ्कलन कार्य आगामी ३० गतेसम्म सञ्चालन हुने जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालय पाल्पाका कम्प्युटर अधिकृत थमन सारुले कार्तिक २ गतेसम्म पाल्पामा पुरुष २६० र महिला १७३ जनाले मतदाता नामावलीमा नाम सङ्कलन गराएको जानकारी दिनुभयो । पाल्पामा जम्मा तीन लाख ३६ हजार ९५ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

पाल्पामा २०७९ को प्रतिनिधि सभा निर्वाचनमा २ लाख १ हजार ३ सय २६ जना मतदाता रहेका थिए । यसमध्ये ९८ हजार २ सय ८ पुरुष र १ लाख ३ हजार १ सय १८ जना महिला मतदाता थिए । जिल्लामा प्रतिनिधि सभाका दुई निर्वाचन क्षेत्र छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।