पाल्पा, १२ कार्तिक ।
पाल्पाको छहरामा बुधबार दिउसो इभी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेमा इभी भ्यानमा सवार रैनादेवी छहरा–४ का अन्दाजी ३४ वर्षीय कमल रायमाझी, रैनादेवी छहरा–४ अमलाबास बस्ने अन्दाजी ४१ वर्षीय रामबहादुर गाहा र रैनादेवी छहरा–१ सिद्देश्वर बस्ने अन्दाजी ३७ वर्षका मुक्तबहादुर बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।


जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होम प्रकाश चौधरीका अनुसार बुटवलबाट पाल्पा सदरमुकाम तानसेन हुँदै रैनादेवी छहराको मेहलढापतर्फ जाने क्रममा लुम्बिनी प्रदेश ०१–००१ ज ००९१ नम्बरको उक्त इभि भ्यान रैनादेवी छहरा–४, छहरा बोखर नजिकै भन्ज्याङमा सडकदेखि अन्दाजी ३५० मिटर तल खस्न गई दुर्घटना भएको हो । प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य जारी राखेको जनाएको छ ।









