२०८२ फाल्गुन २ शनिबार
२०८२ फाल्गुन २ शनिबार

‘जेन–जी’ परिवर्तनका साझेदारी

पाल्पा, १५ कार्तिक
देशको नेतृत्व गर्नको लागि केन्द्र, प्रदेश, जिल्ला र पालिका तथा वडाहरूमा आफ्नो विचारलाई विस्तार गरिरहेको ‘जेन–जी’ अगुवाहरूले बताएका छन् । शनिबार पाल्पामा राष्ट्रिय सम्मेलन आयोजना गरी सहभागीले यस्तो बताएका हुन् । सम्मेलनले पाल्पा घोषणा पत्र जारी गरेको छ ।

घोषणापत्रले वडा, पालिका, जिल्लास्तरमा कार्यसमितिमा भ्रष्टाचार विरुद्धको कार्य गर्न मार्ग निर्देशन गर्ने अपेक्षा गरिएको छ । यस्तै पारदर्शिता, जवाफदेहिता र समावेशी शासन प्रणाली निर्माण, युवाको नेतृत्वमा शुद्ध राजनीतिलाई पुन स्र्थापना गर्ने घोषणा पत्रको साझा प्रतिवद्धता रहेको जेन जी अगुवा विपिन श्रेष्ठले बताउनुभयो ।

सहभागीहरूले भ्रष्टाचारमुक्त समाज र जिम्मेवार राज्य संयन्त्रको आधार तय गर्न अभियान विस्तार गरिएको बताएका छन् । पूर्णरुरूपमा अहिंसक तथा कानुनी राज्यको पालन गर्न घोषणापत्रको साझा प्रतिवद्धता रहेको सहभागी वक्ताको जोड थियो ।
पाल्पा जिल्लाको कार्यक्रमबारे विज्ञान घिमिरे, सुशिल बस्याल, उमेश श्रेष्ठ, प्रवेश अर्याल लगायतले आफ्नो विचार राखेका थिए । सम्मेलनमा सातै प्रदेशबाट ४० बढी र पाल्पा जिल्लाबाट गरी ३ सय बढीको सहभागिता रहेको थियो ।

कार्यक्रमको संयोजन विज्ञान घिमिरे र सञ्चालन सुशिल बस्यालले गर्नुभएको थियो । जेन जी आन्दोलन पाल्पामा शान्तिपूर्ण रूपमा सफल रहेको भन्दै परिवर्तनका लागि शान्तिपूर्ण रुपबाट भ्रष्टाचार विरुद्ध कार्य गर्न सकिने आयोजकले जनाएको छ । सहभागीले युवाको उर्जालाई सम्पत्तीको रूपमा लिएर सही सदुपयोग गर्न सकेमा  ‘जेन जी’ परिवर्तनका साझेदारी रहेकोमा जोड दिएका हुन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।