भाेजराज भट्टराई,
पाल्पा। २५ कार्तिक ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पाल्पाको २३ औं साधारणसभा तथा नवौंं अधिवेशनसम्पन्न भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्षबद्री पंगेनीको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो । प्रमुख अतिथि बद्री पंगेनीले मौलिक संस्कृति संरक्षणमा लोक तथा दोहोरी गीत प्रतिष्ठानको योगदान महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले कलाकारको हकहितको कुरासँगै मौलिक कला र संस्कृतिका विषय उजागर गर्न प्रतिष्ठानलाई आग्रह गर्नुभयो ।


अधिवेशनबाट राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पाल्पामा रुपेश कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ । अधिवेशनबाट प्रथम उपाध्यक्षमा दिपक के.सी, द्वितीय उपाध्यक्षमा गणेश न्यौपाने, महिला उपाध्यक्षमा धनी सरा खाम्चा र यशोधा कार्की, सचिवमा रामकृष्ण थापा, कोषाध्यक्षमा पवन बस्याल, सहसचिवमा सुमित कुमार घिमिरे र सह कोषाध्यक्षमा रुपा थापा चयन हुनुभएको छ ।
नव निर्वाचित अध्यक्ष रुपेश कार्कीले लोकदोहोरी समृद्धि र संरक्षणका लागि अग्रज तथा अनुज कलाकारको सहकार्यमा प्रतिष्ठानलाई अगाडि बढाउने प्रतिवद्धता जनाउनुभयो । प्रतिष्ठानका केन्द्रिय उपाध्यक्ष बद्रि पंगेनी, लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेशका उपाध्यक्ष दामोदर बस्याल लगायतले नव निर्वाचित सदस्यहरूलाई सपथ ग्रहण गराउँदै सफल कार्यकालको लागि शुभकामना दिनुभएको थियो ।
लोक तथा दोहोरो गीत प्रतिष्ठान पाल्पाले प्रतिष्ठालाई विभिन्न क्षेत्रबाट सहयोग पु¥याउने व्यक्ति, सञ्चारकर्मी र कार्यसमितिका पदाधिकारीलाई सम्मान गरेको थियो । लोक तथा दोहोरी गीत प्रतिष्ठान पाल्पाका अध्यक्ष कमल भट्टराईको अध्यक्षता, सचिव गणेश न्यौपानेको सञ्चालनमा अधिवेशन सम्पन्न भएको थियो । लोक तथा दोहोरी गीत प्रतिष्ठान पाल्पाले पाल्पाको मौलिक कला, संस्कृति र साहित्यको क्षेत्रमा विभिन्न सिर्जनसील कार्यक्रम सञ्चालन गर्दै आएको छ ।










