२०८२ फाल्गुन २ शनिबार
२०८२ फाल्गुन २ शनिबार

कुटुम्ब सहकारीमा न्यौपाने

पाल्पा, २२ कार्तिक ।
तानसेनस्थित कुटुम्ब बहु उद्देश्यीय सहकारी संस्थाको सञ्चालक समिति अध्यक्षमा नारायण न्यौपाने निर्वाचित हुनुभएको छ । शनिबार कुटुम्ब बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तानसेन पाल्पाको प्रथम अधिवेशनबाट नारायण न्यौपानेको अध्यक्षमा चार बर्षको लागि नयाँ कार्य समिती निर्वाचित भएको हो ।

कार्यसमितीको उपाध्यक्षमा महेश आचार्य, सचिव सिन्धु पौडेल, कोषाध्यक्ष बिष्णु खनाल, सह–सचिवमा शितम भण्डारी, सदस्यहरूमा गोविन्द सिंह कार्की, धन बहादुर ठडराई, प्रभा कार्की, यम प्रसाद पाण्डे, शोभाखर पोखरेल र बिक्रम अधिकारी रहेका लेखा सुपरिवेक्षण समितीको संयोजकमा रामचन्द्र आचार्य, सदस्यमा सन्देश गैरे र फुल्केन नायक निर्वाचित हुनुभएको छ ।

निर्वाचन मण्डलका संयोजक नारायण ज्ञवालीले न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिती चयन भएको घोषणा गर्नुभयो । संस्थाको संस्थापक अध्यक्षको रूपमा थानेश्वर गैरे रहनुभएको छ । नव निर्वाचित अध्यक्ष न्यौपानेले संस्थालाई अझै बलियो, शेयर सदस्यहरूको हितमा काम गर्न संस्थापक अध्यक्षसहित सबैको सहमती र सहकार्यबाट काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।

यसैबीच साधारणसभामा सहकारीका अध्यक्ष थानेश्वर गैरेले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै २०७८ साल माघ ३ गते बाट कारोवार शुरु गरी हाल सम्म ५ सय ७९ जना शेयर सदस्यले कारोवार गर्दै आएको बताउनुभयो । सहकारीको शेयर पुजी २ करोड ७४ लाख ८० हजार, कुल कारोबार १२ करोड ३ लाख २८ हजार, जगेडा कोषमा १६ लाख १२ हजार, अन्य कोषमा २४ लाख, संस्थाको कूल सम्पत्ती ५ करोड ७५ लाख रुपैँया पुगेको सहकारी अध्यक्ष गैरेले साधारणसभामा जानकारी दिनुभयो ।

संस्थाले शेयर सदस्यहरूको लागि ७ प्रतिशत व्याज दरमा ५० लाख रुपँैया सम्म कर्जा उपलब्ध गराउने निति पारीत गरेको छ । शेयर सदस्यको मृत्यु भएमा १५ हजार रुपैँया किरिया खर्च दिने, ५ लाख रुपैँयाको दुर्घटना विमा गरेको छ ।

यसैगरी संस्थाका कोषाध्यक्ष विष्णु प्रसाद खनालले गत बर्ष र चालु आर्थिक बर्षको आम्दानी खर्चको विवरण जानकारी दिनुभयो । कोषाध्यक्ष खनालले आर्थिक बर्ष २०८१÷०८२ को आम्दानी ५८ लाख ५३ हजार र खर्च २७ लाख ४६ हजार, र चालु आर्थिक बर्षको अनुमानित आम्दानी ६७ लाख र खर्च ३४ लाख ९८ हजार रुपँैया बराबरको विवरण जानकारी दिनुभयो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।