२०८२ फाल्गुन २ शनिबार
२०८२ फाल्गुन २ शनिबार

एक हप्ते सहकारी लेखा तथा व्यवस्थापन तालिम

पाल्पा, २६ कार्तिक ।
सहकारी संस्थाको लागि एक हप्ते लेखा तथा व्यवस्थापन तालिम बगनासकालीमा बुधबारबाट शुरु भएको छ । बगनासकाली गाउँपालिका, सहकारी शाखाको समन्वयमा कार्तिक २६ देखि मंसिर २ गतेसम्म सञ्चालन हुने तालिमको गाउँपालिकाका प्रवत्ता टिकाबहादुर थापाले उद्घाटन गर्नुभयो ।


तालिम उद्घाटन सत्रमा बोल्दै प्रवक्ता थापाले तालिममा सिकेका ज्ञान सीपलाई कार्यस्थलमा प्रयोग गरी सहकारीको व्यवस्थापनमा गर्न सकिने भन्दै तालिम अवधिभर सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभयो । उहाँले सहकारी संस्थामा बढी मात्रामा जिम्मेवारी सञ्चालक समिति र कर्मचारीको हुने हुँदा सहकारीकर्मीहरूले आफ्नो संस्थाको बारेमा सही जानकारी राख्नुपर्ने र र त्यसलाई राम्रो बनाउनेतर्फ ध्यान दिनुपर्नेमा जोड बताउनुभयो ।


बगनासकालीभित्रका सहकारीका लेखा समिति एवम् सञ्चालक समितिका पदाधिकारीहरू गरी ३० जनाको सहभागिता रहेको तालिम मंसिर २ गतेसम्म चल्ने बताइएको छ । तालिमको गाउँपालिकाका वरिष्ठ आलेप अधिकृत यादव प्रसाद न्यौपाने र लेखा अधिकृत कोशल राज पौडेलले सहकारिता, यसका मूल्य मान्यता, सिद्धान्त तथा सहकारी संस्था सञ्चालन ऐन, मापदण्ड, लेखा व्यवस्थापनका सैद्धान्तिक तथा व्यवहारिक विषयहरूमा सहजीकरण गर्ने सहकारी शाखाले जानकारी दिएको छ । बगनासकाली गाउँपालिकाभित्र स्थानीय र प्रदेशमा आवद्ध गरी ३७ वटा सहकारी सञ्चालनमा रहेका छन् ।

 

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।