२०८२ फाल्गुन २ शनिबार
२०८२ फाल्गुन २ शनिबार

उत्तरगण्डकी महामेला दामोदर धर्मोत्सवको आम्दानी खर्च सार्वजनिक

भोजराज भट्टराई
पाल्पा, २९ कार्तिक ।
उत्तरगण्डकी महामेला दामोदर धर्मोत्सव–२०८२ को आय व्यय सार्वजनिक गरिएको छ ।
उत्तरबाहिनी क्षेत्रलाई वैदिक सनातन धर्मको केन्द्र बनाउने उद्देश्यले मालुङ्गा स्याङ्जा र असेर्दी पाल्पाको संगमस्थल उत्तरबाहिनीमा असोज २१ देखि कार्तिक १९ सम्म चलेको महामेलाको शनिबार आम्दानी खर्च सार्वजनिक गरिएको हो ।
पत्रकार सम्मेलन गरी महामेलाबाट २ करोड ३९ लाख ८५ हजार ९ सय २२ रुपैंया संकलन जानकारी गराइएको छ । दामोदर धर्माेत्सवमा १ करोड ५० लाख ९४ हजार ७७ रुपैंया खर्च भएको छ । कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानको आयोजनामा भएको महामेलाबाट ८८ लाख ९१ हजार ८ सय ४५ रुपैंया बचत भएको कोषाध्यक्ष हेमराज अर्यालले जानकारी दिनुभयो ।

उत्तर गण्डकी महामेला एवम् दामोदर धर्माेत्सव मूल आयोजक समितिका संरक्षक शंकर पाण्डेले महोत्सव सम्पन्न गर्न सहयोग पु¥याउनेहरूप्रति धन्यवाद व्यक्त गर्दै एक महिने महामेलामा सनातन धर्म, संस्कार र संस्कृति सम्बन्धि विभिन्न कार्यक्रम उत्साहका साथ सम्पन्न भएको बतउनुभयो ।

एकमहिने महामेलाका व्यासचार्य नेत्र पराजुलीले पवित्र तिर्थ बनाउने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रम भएकाले कार्यक्रमलाई आर्थिक लाभसँग नजोड्न आग्रह गर्नुभयो । उहाँले महामेला सम्पन्न गर्नको लागि धेरै भक्तालुले निस्वार्थ सेवाभावसहित अमूल्य सहयोग पु¥याएको बताउनुभयो । काली गण्डकी ज्ञान विज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्णले महायज्ञबाट जम्मा भएको शेष रकमबाट गुरुकुलम पाठशाला, देवकार्यको लागि यज्ञशाला, शालग्राम भगवानको संख्या बढाउनको लागि मन्दिर निर्माण लगायत उत्तरगण्डकी क्षेत्रको विकासका निम्ती खर्च गरिने बताउनुभयो ।

गल्याङ नगरपालिकाका नगर प्रमुख गुरुप्रसाद भट्टराईले उत्तरगण्डकी महामेला दामोदर धर्मोत्सवले देश विदेशका धेरै भत्तहरूलाई प्रभावित गरेकोले उत्तरवाहिनी क्षेत्रको प्रसस्त धार्मिक र पर्यटकीय सम्भावना रहेको औंल्याउनुभयो । उहाँले नगरको स्रोत साधनबाट सक्दो सहयोगसहित उज्यालो भविष्य रहेको उत्तरवाहीनी क्षेत्रलाई आकर्षषणको केन्द्र विन्दु बनाउन नगर सरकार लाग्ने प्रतिवद्धता जनाउनुभयो ।

कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्णको अध्यक्षता, उपाध्यक्ष शालिकराम बस्यालको स्वागत र महासचिव सोमनाथ न्यौपानेको सञ्चालनमा कार्यक्रम भएको थियो । खर्च सार्वजनिक सभामा स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी लगायतले महामेला आयोजकले लिएका लक्ष्य पूरा गर्न स्थानीय समुदायको सहयोग, सहकार्य निरन्तर हुनुपर्नेमा जोड दिनुभयो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।