२०८२ फाल्गुन २ शनिबार
२०८२ फाल्गुन २ शनिबार

बगनासकालीले पायो नयाँ प्रशासकीय अधिकृत

पाल्पा, १ मंसिर ।
बगनासकाली गाउँपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा प्रकाश पाण्डे आउनुभएको छ । पाण्डेले सोमबार नै पदाबहाली गर्नुभएको हो ।
यसअघि पाण्डे गृह मन्त्रालय अन्तर्गत इलाका प्रशासन कार्यालय पाँचथर रवि को प्रमुख हुनुहुन्थ्यो । गत मंसिर १८ गतेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णय अनुसार पाण्डेलाई बगनासकाली गाउँपालिकामा सरुवा गर्ने निर्णय गरेको थियो ।
निवर्तमान प्रमुख प्रशासकीय अधिकृत खेमराज छिनाल भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) मा सरुवा हुनुभएको छ ।
यसैबीच सोमबार नयाँ प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेलाई बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती दर्लामी (चिदी), उपाध्यक्ष हरिप्रसाद पाठक, प्रवक्ता टिकाबहादुर थापा, वरिष्ठ आलेप अधिकृत यादव प्रसाद न्यौपाने लगायत कर्मचारीले टोपी, खादा, सम्झनाको चिनो, अविर र फूलसहित स्वागत गर्नुभएको थियो ।


पदभार ग्रहण गर्दै प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बगनासकालीको प्रतिष्ठा र गौरवलाई कम हुन नदिने गरी कार्यसम्पादन गर्नु आवश्यक रहेको भन्दै स्थानीय सरकारले लिएका नीति र कर्मचारीको सहकार्यमा गाउँपालिकालाई अगाडि बढाउने बताउनुभयो । उहाँले आफ्नो अनुभव र क्षमतालाई गाउँसरकारको समन्वय, सहकार्यका साथ गाउँपालिकाको सेवा प्रवाह, विकासमा गुणस्तरीय सुधार ल्याउने बताउनुभयो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।