अम्बिका पाण्डे
पाल्पा, ४ मंसिर ।
तानसेन–३ स्थित पद्म पब्लिक नमुना माध्यमिक विद्यालयले विहिबार ७९ अभिभावक दिवस मनाएको छ । मंसिर २ देखि ४ गतेसम्म तीन दिनसम्म विभिन्न कार्यक्रम गरी विद्यालयले अभिभावक दिवस मनाएको हो ।


बिहीबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुष्कर राज रेग्मीको अध्यक्षतामा विद्यार्थीहरूलाई छात्रवृत्ति, पुरस्कार वितरण तथा अभिभावक सम्मानसहित समापन कार्यक्रम गरिएको थियो । तानसेन नगरपालिका–३ का वडा अध्यक्ष बाबुरत्न शाक्यकोे प्रमुख आतिथ्यमा भएको कार्यक्रममा छात्रवृत्ति, पुरस्कार वितरण तथा अभिभावकलाई सम्मान गरिएको हो ।

विद्यालयले मंसिर २ गते विभिन्न शारीरिक खेलहरू, मंसिर ३ गते विभिन्न बौद्धिक प्रतियोगिताहरू र मंसिर ४ गते छात्रवृत्ति, पुरस्कार वितरण तथा अभिभावक सम्मान एवम् सांस्कृतिक कार्यक्रम आयोजना गरेको प्रधानाध्यापक सन्तवीर बरालले बताउनुभयो । कार्यक्रमका आमन्त्रित अतिथिहरूले पुरस्कार वितरण, छात्रवृत्ति प्रदानसँगै अभिभावक सम्मान सहित शुभकामना मन्तव्य राख्नुभएको थियो ।










