२०८२ फाल्गुन २ शनिबार
२०८२ फाल्गुन २ शनिबार

माथागढीको कसेनीमा उत्सर्जन न्युनीकरण सम्बन्धी सचेतना गोष्ठी

पाल्पा, ५ मंसिर ।
उत्सर्जन न्युनीकरण सम्बन्धी एक दिवसीय सचेतना गोष्ठी माथागढी गाउँपालिकाको वडा नं. ३ कसेनीमा सम्पन्न भएको छ । जलवायु परिवर्तनका असर न्युनीकरण र वन क्षेत्रको दिगो संरक्षणमा सहयोग पु¥याउने उद्देश्यले आदिवासी जनजाती महासंघको आयोजनामा शुक्रबार जुरिडिक्शनल रेडप्लस (उत्सर्जन न्युनीकरण) अन्तरक्रियात्मक अन्तरक्रियात्मक सचेतना गोष्ठी आयोजना गरिएको हो ।


आदिवासी जनजाती महासंघ गाउँपालिका समन्वय परिषद्का अध्यक्ष बलबहादुर थापाको अध्यक्षता र माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीको प्रमुख आतिथ्यथामा भएको कार्यक्रममा विभिन्न जातीय संघ संस्थाका प्रतिनिधिहरू, सामुदायिक बन उपभोक्ता समुहका प्रतिनिधिहरू, जनप्रतिनिधिहरू र सरोकारवाला निकायका व्यक्तिहरू गरी ४५ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले जलवायु परिर्वनका कारण पारेको प्रभाव न्युनीकरणमा यसप्रकारका सचेतना कार्यक्रमले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले वर्तमान चुनौतीको रूपमा देखिएको कार्वन उत्सर्जन न्युनिकरणमा सरोकारवालाले समयमै चासो बढाउनुपर्ने बताउनुभयो ।


वडा नं. ३ का अध्यक्ष तेज बहादुर घर्ती मगरले कार्वन उत्सर्जन न्युनीकरणमा स्थानीय तहले आवश्यक योजना बनाई कार्यक्रम अगाडि बढाएको बताउनुभयो । उहाँले जलवायु परिवर्तनबारे पारेको प्रभावबारे समुदायमा सचेतनामूलक कार्यक्रम आयोजना गर्दा सरोकारवालामा वृक्षारोपण र वन क्षेत्रको दिगो संरक्षण सहयोग पुग्ने जनाउनुभयो ।

गोष्ठीमा फोकल पर्सन राधिका श्रीस र आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् पाल्पाका अध्यक्ष गम बहादुर थापाले रेडप्लस कार्यक्रमको उद्देश्य, कार्यान्वयनको चरण, वन संरक्षणको भूमिका लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो । सोही अवसरमा सहभागीबीच वन संरक्षणको भूमिकासँगै वडातहमा वनको दिगोपना, वावरणीय सचेतना र जलवायु प्रतिरोधात्मक विकास योजनाको विषयमा छलफल गरिएको माथागढी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष तेजबहादुर घर्ती मगरले जानकारी दिनुभयो । कार्यक्रमको सञ्चालन फोकल पर्सन राधीका श्रीष मगरले गर्नुभएको थियो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।