२०८२ माघ २६ सोमबार
२०८२ माघ २६ सोमबार

साहित्य समाजद्वारा स्रष्टा, साहित्यकारलाई सम्मान

भोजराज भट्टराई
पाल्पा, ६ मंसिर ।
पाल्पा साहित्य समाजले ३१ औं वार्षिकोत्सवको अवसरमा पाँच जना स्रष्टा, साहित्यकार तथा सामाजिक व्यक्तित्वलाई सम्मान गरेको छ । शनिबार तानसेनमा १७३ औं छविलाल नेपाल जयन्ती, १२२ औं माधव प्रसाद देवकोटा जयन्ती, प्रतिभा सम्मान तथा पुरस्कार समर्पण र प्रा.डा. प्रकाशराज रेग्मीको कृति ‘मुटुका कुरा’ विमर्श कार्यक्रम आयोजना गरी शिक्षा, स्वास्थ्य, साहित्य र विभिन्न सामाजिक क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको हो ।


समाजले समाजसेवी बुद्धिप्रसाद शर्मालाई भैरव तुल्सी सिंह स्मृति पुरस्कार, वरिष्ठ मुटुरोग विशेषज्ञ एवम् स्वास्थ्य लेखक प्रा.डा.प्रकाशराज रेग्मीलाई आदिकवि छविलाल नेपाल प्रतिभा पुरस्कारबाट सम्मानित गरेको हो । यस्तैगरी साहित्यकार रामप्रसाद अर्याललाई अथक रेग्मी साहित्य पुरस्कार, छन्दकवि होमनाथ काफ्लेलाई गणेश केशलक्ष्मी स्मृति स्रष्टा सम्मान र समाजसेवी प्रमी श्रेष्ठलाई राधाइन्द्र सम्मान प्रदान गरिएको थियो ।
स्रष्टा सम्मान तथा विमर्श कार्यक्रममा पाल्पाका प्रमुख जिल्ला अधिकारी बिनु बज्राचार्य कुँवरको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि कुँवरले समाजद्वारा सम्मानित व्यक्तित्वहरूलाई नगद, सम्मान पत्र, दोसल्ला प्रदान गर्नुभएको थियो । सम्मानित स्रष्टालाई शुभकामना व्यक्त गर्दै प्रमुख जिल्ला अधिकारी कुँवरले पाल्पाको भाषा, कला, साहित्यको क्षेत्रमा पाल्पा साहित्य समाजले पुर्याएको योगदान महत्त्वपूर्ण रहेको बताउनुभयो ।


समाजका अध्यक्ष पुष्कर अथक रेग्मीले नेपाली भाषा, कला, साहित्यको योगदान पु¥याएका सर्जकहरूको योगदान बढाउन सम्मान पुरस्कार समर्पणसहित प्रोत्साहन गर्दै आएको बताउनुभयो । सम्मानित स्रष्टाहरूले मन्तव्य राख्दै आफूहरूले समाजबाट पाएको सम्मानले नेपाली भाषा, कला साहित्यमा थप काम गर्न हौसला थपिएको बताउनुभयो । सम्मानित व्यक्तिहरू बुद्धिप्रसाद शर्मा, राम प्रसाद अर्याल, प्रा.डा. प्रकाश राज रेग्मी, होमनाथ शर्मा र प्रमी श्रेष्ठको योगदान तथा व्यक्तित्वबारे समाजका कोषाध्यक्ष पुरुषोत्तम अर्यालले प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै समाजका संरक्षक राजेन्द्र गोपाल सिंह, परेवा पाक्षिक पत्रिकाका सम्पादक भोजराज भट्टराई, बगनासकाली साहित्य परिषद्का कोषाध्यक्ष गणेश नेपाली लगायतले सर्जकहरूलाई गरिएको सम्मानले नेपाली साहित्यको बाटो फराकिलो हुने धारणा राख्नुभयो । समाजका अध्यक्ष पुष्करराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सल्लाहकार चित्रवलिराम सुवाल र सचिव सविता भट्टराईको सञ्चालन रहेको थियो ।


कार्यक्रमकै अवसरमा वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.प्रकाशराज रेग्मीद्वारा लिखित ‘मुटुका कुरा’ पुस्तकको विमर्श गरिएको थियो । पुस्कका समीक्षक शोवाकान्त न्यौपानेले पुस्तकमा स्वास्थ्य साहित्य शिक्षाका विषय समावेश गरिएको बताउनुभयो । उहाँले मुटु स्वास्थ्य सम्बन्धी लेखहरूको संगालोको रूपमा रहेको पुस्तक मुटु स्वास्थ्य प्रर्वद्धनका लागि उपयोगी रहेको बताउनुभयो । लेखक प्रकाशराज रेग्मीले जनचेतना जागरण गर्ने उद्देश्यले पुस्तक प्रकाशन गरिएको पुस्तकमा विज्ञान र अनुभवका कुरा समेटिएको जानकारी दिनुभयो । पाल्पा साहित्य समाजले स्थापनाकालदेखि विभिन्न व्यक्तिहरूलाई पुरस्कार तथा सम्मान समर्पण गर्नुका साथै कृति प्रकाशन तथा विमर्शका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।