२०८२ फाल्गुन २ शनिबार
२०८२ फाल्गुन २ शनिबार

बगनासकालीका ११३ वटा योजनाको सम्झौता वडामै 

भोजराज भट्टराई
पाल्पा, ७ मंसिर ।
पाल्पाको बगनासकालीले यस वर्ष पनि वडा तहमै पुगेर योजना सम्झौतालाई निरन्तरता दिएको छ । अघिल्लो वर्ष जस्तै गाउँपालिकाले यो वर्ष पनि वडामै पुगेर योजना सम्झौता गरिदिएपछि उपभोक्तालाई सहज भएको हो ।

गाउँपालिकाबाट छनोट भएका पालिकास्तरीय एवम् वडाबाट छनोट भएका वडास्तरीय योजना सम्बन्धित वडा कार्यालयमा पुगेर सम्झौता गरिएको प्रशासकीय अधिकृत एवम् योजना शाखा प्रमुख भरत राज घिमिरेले जानकारी दिनुभयो । चालु आर्थिक वर्ष २०८२/०८३ मा विनियोजन भएको बजेटबाट सञ्चालन हुने योजना उपभोक्ताको सहजताका लागि वडामै पुगेर सम्झौता गरिएको गाउँपालिकाले जनाएको छ ।


कार्तिक १६ गतेदेखि वडा नं. १ चिर्तुङ्गधाराबाट सुरु भएको योजना सम्झौता मंसिर ५ गते शुक्रबार वडा नं. ९ चापपानीमा सम्पन्न भएको हो । अन्तिम दिन वडा नं. ९ मा ११ वटा योजना सम्झौता गरिएको वडाध्यक्ष ठानेश्वर तिमिल्सिनाले बताउनुभयो ।

गाउँपालिकाले बैंकसँगको सहकार्यमा वडामै पुगेर योजना सम्झौतासँगै उपभोक्ता समितिको बैंक खाता पनि खोलिदिएको छ । नेपाल बैंकसँगको सहकार्यमा वडामै पुगेर योजना सम्झौतासँगै खाता समेत खोलिएको शाखा प्रमुख भरतराज घिमिरेको बताउनुभयो ।
कार्तिक गते १६ वडा नं. १ चिर्तुङ्गधारामा १७ वटा, कार्तिक १७ गते वडा नं. २ पोखराथोकमा १४ वटा, १८ गते वडा नं. ३ नायरनम्तलेसमा ९ वटा र १९ गते वडा नं. ४ खानीछापमा ९ वडा योजना सम्झौता भएको घिमिरेले बताउनुभयो । यस्तैगरी कार्तिक २० गते वडा नं. ५ दर्लमडाँडामा १० वटा, २१ गते वडा नं. ६ मा ११ वटा, २३ गते वडा नं. ७ खानीगाउँमा १६ वटा, मंसिर ४ गते वडा नं. ८ बराङ्दीमा १५ वटा योजना सम्झौता गरिएको थियो ।

योजना सम्झौता लागि गाउँपालिकाले कार्यालयसम्म धाइरहनुपर्ने अवस्थाको अन्त्य गर्न वडामै सम्झौता गर्न सुरु गरिएको गाउँपालिकाका अध्यक्ष सरस्वती दर्लामी चिदीले बताउनुभयो । कागजपत्र नपुग्दा पालिका आएर पुनः वडामा फर्किनुपर्ने उपभोक्ता समितिको दुःख थियो । जसकारण सबै उपभोक्ताको सहजताका लागि वडामा योजना सम्झौता गर्ने र बैंक खाता खोल्ने अभियान चलाइएको उहाँको भनाइ छ ।


वडास्तरमा योजना सम्झौता गर्नको लागि चा.लु.आर्थिक वर्षको विनियोजित कार्यक्रमबाट सवै वडामा गरी ११३ वटा योजना सम्झौता गरिएको हो । योजना सम्झौताको लागि गाउँपालिकाकाप्रमुख प्रशासकीय अधिकृत, योजना शाखाका कर्मचारी, गाउँपालिकाका इन्जिनियर, नेपाल बैंकका कर्मचारी, वडाका प्राविधिक, कर्मचारी र जनप्रतिनिधिले सहजीकरण गर्नुभएको थियो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।