२०८२ फाल्गुन २ शनिबार
२०८२ फाल्गुन २ शनिबार

पाल्पामा एघार नारी सम्मानित हुँदै

पाल्पा, ७ म‌ंसिर

शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपालले ११ जना नारीलाई  प्रतिष्ठानको २० ओैं वार्षिक दिवस  तथा  ९७ ओैं कुलमणि देवकोटा जन्मजयन्ती समारोहको अवसरमा पाल्पाको तानसेनमा पुरस्कृृत एवं सम्मानित गर्ने भएकाे छ । 

प्रतिष्ठानले मंसिर २० गते तानसेनमा साहित्यिक सभाकाे आयाेजना गरी शिक्षा, स्वास्थ्य, साहित्य, सञ्चार र सामाजिक क्षेत्रमा याेगदान पुर्याएको नारी प्रतिभाहरुलाई सम्मान गर्ने भएको हाे ।

कुलमणि देवकोटा स्मृति प्रतिभा पुरस्कार, लक्ष्मीप्रिय जगत बहादुर जोशी स्मृति पुरस्का , जगतकुलमणिकविन्द्र त्रिनक्षत्र पुरस्कार, विमला रेग्मी स्वास्थ्य सेवा पुरस्कार ,इन्द्रलाल भारती शिक्षा सेवा सम्मान, शक्तिराज रेग्मी संचार सेवा सम्मान बालहरि स्वास्थ्य सेवा पुरस्कार, दीनानाना साहित्य सेवा सम्मान, राधावद्री स्मृति स्वयंसेवा सम्मान, शिस्वासाप्र राष्ट्रिय सुसेली सम्मान र तुलठगी शैक्षिक प्रतिभा पुरस्कार गरी  पुर्याउने ११ नारी व्यक्तित्वलाई प्रतिष्ठानले सम्मान गर्न गइरहेको छ ।

कार्यक्रममा प्रतिष्ठानले चारवर्षे  विमला कमल शैक्षिक छात्रवृत्ति , ज्ञानज्योति शैक्षिक छात्रवृत्ति , नैना नेपाल छात्रवृत्ति र माता दीनकुमारी स्मृति छात्रवृत्ति प्रदान गर्नेछ । जसबाट ३ वटा  विधालय र ३ वटा क्याम्पसका गरि १५ जना विधार्थीले नियमित छात्रवृत्ति प्राप्त गर्नेछन् ।

प्रतिष्ठानले समय सापेक्ष साहित्यकार जगतबहादुर जोशी, कमलराज रेग्मी , कुलमणि देवकोटा र कविन्द्रमान सिहको स्मृतिमा साहित्यिक कार्यक्रम गर्नुका साथै  विभिन्न कृति प्रकाशन लोकार्पण र विमर्श कार्यक्रम गर्दै आएको छ । प्रतिष्ठानका संरक्षक प्रा. डा. प्रकाशराज रेग्मी सहितको उपस्थितिमा समय समयमा मुटु तथा दन्त परीक्षण शिविर समेत संचालन हुँदै आएका छन् ।

प्रतिष्ठानले हालसम्म सयौं व्यक्तित्वहरूलाई विभिन्न पुरस्कार ,सम्मान तथा अभिनन्दन गर्दै आएकोमा यस वर्ष यही मंसिर २० गतेका दिन  ११ जना नारी व्यक्तित्वलाई सम्मानित गर्ने निर्णय भइसकेकोले नामावली एकैचोटि सम्मान कार्यक्रमका दिन सार्वजनिक गर्ने भनी प्रतिष्ठानका संस्थापक अध्यक्ष पुष्कर अथक रेग्मीले बताउनु भयो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।