२०८२ फाल्गुन २ शनिबार
२०८२ फाल्गुन २ शनिबार

राष्ट्रिय उद्याेग दिवसमा पाल्पाका पाँच उद्यमी सम्मानित

अम्बिका पाण्डे,
पाल्पा, ९ मंसिर ।
एघारौं राष्ट्रिय उद्योग दिवसको अवसरमा पाल्पाका पाँच उद्यमी सम्मानित भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय पाल्पाले एघारौं राष्ट्रिय उद्योग दिवसका अवसरमा पाल्पाका पाँच उत्कृष्ट उद्योगीहरूलाई प्रोत्सानस्वरुप नगद र प्रमाणपत्र प्रदान गरी सम्मान गरेको कार्यालय प्रमुख केशव सुनारले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका सभामुख तुलाराम घर्ती मगरले उद्यमीहरूलाई प्रोत्साहन गर्न तीनै तहका सरकारले अनुदानसहितका कार्यक्रम  सञ्चालन गर्दै आएकोले स्वदेशमै लगानी गरेर आत्मनिर्भर हुन आग्रह गर्नुभयो । उहाँले सरकारको प्रोत्साहन र उद्यमीमा इच्छाशक्ति भएमा देशमै रोजगारको राम्रो अवसर हुनेमा जोड दिनुभयो । प्रदेश सरकारको प्रतिनिधि इकाइको रुपमा घरेलु कार्यालय रहेको भन्दै उहाँले उत्कृष्ट उद्यमीलाई व्यवसायलाई प्रोत्साहन गर्न सम्मानले सहयोग पुर्याउने बताउनुभयो ।


पाल्पा जिल्लाका तीन वटा ढाका उद्योग, एक वटा कृषि तथा पशुपंक्षि फार्म र एक वटा खाद्य वस्तु उत्पादक व्यवसायी सम्मानित भएका हुन् । ढाका व्यवसायीतर्फ हरि रायमाझी, फनिसरा गाहा र दुर्गाबहादुर सारु सम्मानित हुनुभएको हाे । यस्तैगरी कृषि तथा पशुप‌ंक्षि व्यवसायीतर्फ रुकविर रेश्मी र खाध्यान्न वस्तु उत्पादन तर्फ कृष्ण प्रसाद खनाल सम्मानित हुनुभएको हाे । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभामुख सहित अन्य अतिथिले सम्मानित उद्यमीलाई जनही नगद १५ हजार, दोसल्ला र प्रमाण पत्र–प्रदान गरी सम्मान गर्नुभएको थियो । सम्मानित उद्यमीले सानो व्यवसायलाई उद्यमको रूपमा विकास गर्न पुरस्कारले प्रोत्साहित गरेको बताउनुभयो ।


कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख कासीका गैरे, नेपाली कांग्रेसका तर्फबाट माधव नेपाल, नेकपा एमाले जिल्ला कमिटी सदस्य गाेकुल पाैडेल, नेपाल कम्युनिष्ट पार्टीका जगन्नाथ नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष डुल बहादुर कुँवर लगायत अन्य राजनितिक दलका प्रमुख तथा प्रतिनिधि,  उपभाेक्ताको तर्फबाट कृष्णराज अधिकारी, पाल्पा उद्याेग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई, पाल्पा व्यापार संघका अध्यक्ष विष्णु कार्की,  हाेटल व्यवसायी लक्ष्मण बस्याल, उद्यमी कमल ढकाल, सञ्चारकर्मी विष्णु खनाल, सम्मानित उद्यमी लगायतले मन्तव्य राख्नुभएको थियो ।

घरेलु तथा साना उद्योग कार्यालयको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत जिल्लाका उद्योगीहरूलाई प्रोत्साहन जगाउन सम्मान गरिएको उद्यम विकास सहजकर्ता मनोज घिमिरेले बताउनुभयो । घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका कार्यालय प्रमुख केशव सुनारको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन उद्यम विकास सहजकर्ता मनोज घिमिरेले गर्नुभएको थियो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।