अम्बिका पाण्डे,
पाल्पा, १२ मंसिर
तानसेन–३ स्थित मैत्री क्लव पाल्पाले योमरी महोत्सको पाँचौ संस्करण गर्न लागेको छ । तानसेन नगरपालिकाको सहयोग र मैत्री क्लवको समन्वयमा महोत्सव मंसिर १३ गते तानसेनको टक्सार टोलमा हुने जनाइएको छ । महोत्सवको बारेमा मंसिर १० गते बुधबार तानसेनमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।

मैत्री क्लवका पूर्व अध्यक्ष एवम् प्रचार प्रसार संयोजक रिलनमान महर्जन अनुसार तानसेन–३ टक्सारटोल गणेश मन्दिर प्राङ्गणमा बिहान १२ बजेदेखि साँझ ८ बजेसम्म महोत्सव चल्नेछ । योमरी जस्तो नेवारी परिकारको प्रवद्र्धनका साथै कला, संस्कृति, सम्पदा, पर्यटन प्रवद्र्धन गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको प्रचार प्रसार संयोजक महर्जनले बताउनुभयो ।
महोत्सवमा नेवारी परिकार बिक्री, नेवारी संस्कृति सहित नृत्य तथा कला प्रदर्शन, नेवारी खानाको परिकार योमरी लगायतको २३ वटा स्टल राखिने छ । क्लवका अध्यक्ष पञ्च शाक्यका अनुसार नेवार समुदायमा परम्परादेखि प्रचलित योमरी पर्व लोप हुने अवस्थामा पुगेकाले त्यसको जगेर्ना गर्न महोत्सवले सहयोग पु¥याउनेछ ।









