पाल्पा,तिनाउ । गाउँपालिकाभित्र रहेका नाै वटा माध्यमिक विद्यालयमा गठित ईकाे शिक्षक र ईकाे क्लवका विद्यार्थीसँग वन, वातावरण र जैविक विविधता संरक्षणका लागि ईकाे क्लवकाे भूमिका विषयक् छलफल कार्यक्रम सिद्धबाबा मन्दिर परिसरमा शुक्रबार सम्पन्न भयाे ।
सामुदायिक वन समन्वय समिति, तिनाउका अध्यक्ष दलबहादुर गुुरुङले ईकाे क्लव गठनकाे उद्देश्य,क्लवकाे जिम्मेवारी,ईकाे शिक्षककाे भूमिका र समन्वय समितिकाे समन्वय एवम् सहकार्यका सम्बन्धमा सहजीकरण गरेका थिए । उक्त कार्यक्रममा पाहुनाका रुपमा रहेका संरक्षणकर्मी एवम् लेखक, पत्रकार ददि सापकाेटासँग वन, वातावरण र जैविक विविधता संरक्षणमा ईकाे क्लवकाे भूमिका विषयमा छलफल तथा अन्तरक्रिया गरेका छन् । उनले वनकाे संरक्षणमात्र हाेईन सदुपयोग गर्न समेत समूहहरु क्रियाशील हुनुपर्नेमा जाेड दिए ।
सापकाेटाले वन्यजन्तुकाे गुण, विशेषता,प्रभावका बारेमा विद्यार्थीलाई बताएका थिए । ईकाे शिक्षक रुद्र जीसी,माधव पाैडेल, देवी जीसी,अनिता गाहालगायतले आआफ्ना जिज्ञासा राखेका थिए । सामुदायिक वन समन्वय समिति, तिनाउकाे आयाेजना र डिभिजन वन कार्यालय,पाल्पाकाे आर्थिक सहयाेगमा सम्पन्न उक्त कार्यक्रमकाे संयाेजन समन्वय समितिका सदस्य विकास अर्यालले गरेका थिए ।










