२०८२ माघ २६ सोमबार
२०८२ माघ २६ सोमबार

पाल्पामा एघार नारी सम्मानित

पाल्पा, २० मंसिर ।
शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपालले पाल्पामा एघार नारीहरुलाई सम्मान गरेको छ । प्रतिष्ठानले शनिबार २० औं वार्षिक दिवस, ९७ औं कुलमणि देवकोटा जन्मजयन्तीको समारोहको सन्दर्भ पारेर विभिन्न क्षेत्रमा योगदान पु¥याउने नारीहरूलाई सम्मान गरेको हो ।

प्रतिष्ठानका अध्यक्ष पुष्कर अथक रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पाका बालरोग विशेषज्ञ एवम् साहित्यकार डा.अनिता लामिछानेको प्रमुख आतिथ्यता रहेको थियो ।
समारोहमा कुलमणि देवकोटा स्मृति प्रतिभा पुरस्कारबाट कवयित्री सरु ज्ञवाली (रुपन्देही), लक्ष्मीप्रिय जगतबहादुर जोशी स्मृति पुरस्कारबाट सीता ढुङ्गाना काफ्ले (रुपन्देही), जगतकुलमणि कविन्द्र त्रिनक्षत्र पुरस्कारबाट शकुन्तला ज्ञवाली पौडेल ‘सानु’ (कपिलवस्तु), विमला रेग्मी स्वास्थ्य सेवा पुरस्कारबाट सीता पन्थी (पाल्पा) पुरस्कृत हुनुभएको छ ।

यस्तैगरी शक्तिराज रेग्मी सञ्चार सेवा सम्मानबाट गीता ज्ञवाली (पाल्पा), इन्द्रलाल भारती शिक्षा सेवा सम्मानबाट केशलक्ष्मी श्रेष्ठ (पाल्पा), राधाबद्री स्मृति स्वयम्सेवा सम्मानबाट सरस्वती भट्टराई (पाल्पा), दीननाना स्मृति साहित्य सेवा सम्मानबाट गुणवति के.सी. (पाल्पा), बालहरि स्मृति स्वास्थ्य सेवा पुरस्कारबाट मन हेमचुरी पौडेल (पाल्पा), शिस्वासाप्र राष्ट्रिय सुशेली सम्मानबाट इन्दिरा ज्ञवाली पौड्याल (पाल्पा) सम्मानित हुनुभएको छ ।

शिक्षातर्फ तुलठगी स्मृति प्रतिभा पुरस्काबाट अदिति चापागाइँ पुरस्कृत हुनुभयो भने प्रतिष्ठानद्वारा १५ जना विद्यार्थीलाई नगद २ हजारदेखि १० हजारसम्मका शैक्षिक छात्रवृत्ति प्रदान गरिएको थियो । प्रतिष्ठानका सदस्य एवम् परेवा पत्रिकाका सम्पादक भोजराज भट्टराईले पुस्कृत तथा सम्मानित व्यक्तित्वहरूको व्योगदानका बारेमा जानकारी गराउनुभएको थियो ।

सोही अवसरमा पं गोविन्द प्रसाद भुसालद्वारा लिखित तीर्थयात्रा कृति लोकापर्ण गरिएको थियो । नेपालका ७७ वटै जिल्ला, भारत र चीनका धार्मिक क्षेत्रको तीर्थयात्राको कृतिबारे भैरहवा बहुमुखी क्याम्पसका सह प्राध्यापक डा. दामोदर ढकालले समीक्षा गर्नुभयो । उहाँले स्वदेश तथा विदेशका महत्त्वपूर्ण तीर्थस्थल, संस्कार र संस्कृतिको गहिरो खोज अध्ययनसहित प्रकाशित कृतिको अध्ययनले पाठकहरुमा आध्यात्मिक चेतनाको वृद्धि गर्ने विश्वास व्व्यक्त गर्नुभयो । पुस्तकका सर्जक गोविन्द प्रसाद भुसालले विभिन्न क्षेत्रमा पुगेर सोधखोजसहित धार्मिक, पर्यटकीय र सांस्कृतिक गतिविधि समावेश गरेर कृति प्रकाशन गरेको बताउनुभयो ।

कार्यक्रममा पोखराथोक साहित्य संगमका उपाध्यक्ष जानका नेपाल, सामाजिक संघ संस्थाको तर्फबाट भेषराज सुवेदी, शिक्षविद् बुद्धिप्रसाद शर्मा, प्रतिष्ठानका सल्लाहकार बाबुराम कार्की, सम्मानित नारीहरुको तर्फबाट गुणवती केसी, सीता ढुंगाना काफ्ले, सरु ज्ञवाली लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । प्रतिष्ठानका सचिव छविलाल भुसालले ८ लाख १४ हजार २ सय १६ रुपै‌या बराबरकाे वार्षिक आयव्यय विवरणको आर्थिक प्रतिवेदन र महासचिव चन्द्रकान्त न्याैपानेले संस्थाको गतिविधका बारेमा जानकारी दिनुभएको थियाे ।

प्रतिष्ठानका उपाध्यक्ष रोहितप्रसाद ज्ञवालीको स्वागत र महासचिव चन्द्रकान्त न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो । प्रतिष्ठानको कार्यक्रममा सहभागी सवैलाई धन्यवाद व्यक्त गर्दै अध्यक्ष पुष्कर अथक रेग्मीले प्रतिष्ठानले स्थापनाकालदेखि विभिन्न स्रष्टा र व्यक्तित्वलाई सम्मान गर्दै आएको छ । यसवर्ष नारी स्रष्टाहरुलाई मात्र सम्मान गरिएको अध्यक्ष रेग्मीले बताउनुभयो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।