
पाल्पा, २० मंसिर
कम्प्युटर एशोसिएशन नेपाल महांघ (क्यान महासंघ) लुम्बिनी प्रदेशको नवौं साधारण सभा शनिबार तानसेनमा सम्पन्न भएको छ ।
क्यान लुम्बिनीका अध्यक्ष नारायण प्रसाद खनालको अध्यक्षतामा सम्पन्न साधारण सभामा क्यान महासंघका केन्द्रीय अध्यक्ष सुनैना पाण्डे घिमिरे प्रमुख अतिथि रहनु भएको थियो ।

कार्यक्रममा रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्की, क्यान महासंघका केन्द्रीय उपाध्यक्ष हर्क बहादुर सेटी, सचिव नारायण श्रेष्ठ, पूर्व केन्द्रीय उपाध्यक्ष रेशम गिरी, क्यान केन्द्रीय सदस्य सुदिप शर्मा लगायतले साधारणसभामा शुभकामना व्यक्त गर्नुभएको क्यान लुम्बिनी प्रदेशका पूर्व सह सचिव भोजराज भट्टराईले जानकारी दिनुभयो ।
क्यान महासंघ पाल्पाका अध्यक्ष सुदिप पौडेलको स्वगत सँगै शुरु भएको कार्यक्रमको सञ्चालन क्यान लुम्बिनी प्रदेशका सचिव गोपाल निरौलाले गर्नुभएको थियो । क्यान लुम्बिनीका अध्यक्ष नारायण प्रसाद खनालले अध्यक्षको प्रतिवदेन र कोषाध्यक्ष रेश्मीराज घिमिरेले सभामा पेश गर्नुभएको कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मत पारित भएको थियो ।

कार्यक्रमकै अवसमा रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले पाल्पाको संस्कृति पर्यटन प्रवर्धनमा क्यान सँग हातेमालो गरेर अगाडि बढ्न सकिने बताउनुभयो । उहाँले सूचना प्रविधिको विकासले सामाजिक सांस्कृतिक र आर्थिक विकासँगै पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने बताउनुभयो ।
क्यान महासंघ केन्द्रीय अध्यक्ष सुनैना पाण्डे घिमिरेले सुन्दर पर्यटकीय जिल्ला पाल्पामा क्यान प्रदेशको साधारण सभा सम्पन्न गर्ने सुअवसर व्यवस्थापन गरेकोमा पाल्पा शाखालाई धन्यवाद व्यक्त गर्दै सूचना प्रविधिको विकास, सम्भावना र अवसरका विषयमा क्यान पाल्पा, लुम्बिनी प्रदेश र केन्द्रसँगको सहकार्य निरन्तर रहनेमा जोड दिनुभयो । साधारण सभामा क्यान लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका अध्यक्ष तथा प्रतिनिधि र पाल्पा जिल्लाका पूर्व अध्यक्ष, पदाधिकारी, सदस्यलगायतको सहभागिता रहेको थियो ।









