२०८२ फाल्गुन २ शनिबार
२०८२ फाल्गुन २ शनिबार

आर्यभञ्ज्याङ्गमा संयुक्त बजार अनुगमन, म्याद सकिएका सामग्री नष्ट

भोजराज भट्टराई
पाल्पा, २४ मंसिर
बगनासकाली गाउँपालिका वडा नं. ३ आर्यभञ्ज्याङ्ग बजारमा बुधबार संयुक्त अनुगमन गरिएको छ । बगनासकाली गाउँपालिका, घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रशासन कार्यालयको आयोजनामा आर्यभञ्ज्याङ्ग बजार क्षेत्रका ५४ वटा पसलमा अनुगमन गरिएको बगनासकाली गाउँपालिकाका प्रशासकीय अधिकृत भरतराज घिमिरले जानकारी दिनुभयो ।


अनुगमनका क्रममा म्याद सकिएका खाद्य वस्तु तथा खुला तथा अव्यवस्थित रूपमा बिक्री भैरहेका सामग्री, दर्ता नविकरण नभएका व्यवसायसमेत भेटिएको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका कार्यालय प्रमुख केशव सुनारले बताउनुभयो । अनुगमनमा ३ हजार मूल्य बराबरका चिसो पेय पदार्थ, बिस्कुट, चाउचाउ, वेवी पाउडर लगायतका म्याद सकिएका सामग्री बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती दर्लामी चिदी, उपाध्यक्ष हरि प्रसाद पाठक, पत्रकार, सुरक्षाकर्मी लगायतकाे राेहबरमा तत्कालै बरामद गरी नष्ट गरिएको हो ।
‘अनुगमनका क्रममा बजार क्षेत्रमा पान नं. लिएका तर स्थानीय तह तथा घरेलु कार्यालयमा दर्ता, नविकरण नभएका व्यवसायी भेटियो’, कार्यालय प्रमुख सुनारले भन्नुभयो,‘बजार क्षेत्रमा धेरैजसो पसलले स्थायी लेखा नम्बर लिने तर सम्बन्धित निकायमा दर्ता नहुनुको कारणको शुक्ष्म अध्ययन गर्नु जरुरी छ ।’ उहाँले बजार क्षेत्र स्वच्छ, सुरक्षित र व्यवस्थित राख्न आगामी दिनमा थप सरोकारवाला निकायको सहभागितासहित नियमित अनुगमनलाई निरन्तरता दिइने बताउनुभयो ।


बगनासकाली गाउँपालिकाका प्रशासकीय अधिकृत भरतराज घिमिरेका अनुसार अनुगमन टोलीले व्यापारीलाई खाद्य र अखाद्य वस्तुलाई सँगै नराख्न, दर्ता नविकरण समयमै गर्न, पसलहरूको बोर्ड र मूल्य सूची राख्न, म्याद सकिएका तथा अनुचित तरिकाले भण्डारण गरिएका सामग्री नराख्ने चेतावनी समेत दिएको छ ।


किराना, होटल, रेष्टुरेण्ट, कस्मेटिक लगायतकाका स्थानीय व्यवसायीले बजार क्षेत्रमा गरिएको अनुगमनले स्थानीय व्यवसायी र उपभोक्तामा सुरक्षा र भरोसा वृद्धि गरेको बताएको बगनासकाली गाउँपालिकाका एम.आई.एस.अपरेटर भोजराज भट्टराईले जानकारी दिनुभयो ।

अनुगमन टोलीमा घरेलु तथा साना उद्योग कार्यालय प्रमुख केशव सुनार, गाउँपालिकाका प्रशासकीय अधिकृत भरतराज घिमिरे, सुजन घिमिरे, घरेलु कार्यालयका उद्यम विकास सहजकर्ता मनोज घिमिरे, जिल्ला प्रशासन कार्यालय पाल्पाका नायब सुब्बा सुकुन राज अर्याल, सुरक्षा निकायका प्रतिनिधि तथा कर्मचारीहरूको सहभागीता रहेको थियो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।