अम्बिका पाण्डे
पाल्पा, २५ मंसिर
अन्तर्राष्ट्रिय आप्रवासन दिवसको सन्दर्भ पारेर तानसेनमा आप्रवासी श्रमिक सञ्जाल गठन भएको छ । सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत वैदेशिक रोजगारबाट स्वदेश फर्केका व्यक्तिहरूको लागि अभिमुखीकरण कार्यक्रम सहित बिहिबार जिल्लास्तरीय सञ्जालको गठन भएको हो ।

तानसेन नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा वैदेसिक रोजगारीहरूबाट फर्किएका जिल्लाका दश वटै स्थानीय तहका व्यक्तिहरूको सहभागितामा शर्मिला भाट (तासनेन)को अध्यक्षतामा जिल्लास्तरीय सञ्जाल गठन गरिएको हो ।
सञ्जालको उपाध्यक्षमा रामचन्द्र पंगेनी, (रामपुर), सचिवमा रामचन्द्र नेपाल (तानसेन) र कोषाध्यक्षमा विजय कुमार आचार्य (रिब्दीकोट) रहनुभएको छ । त्यस्तै सदस्यहरूमा हरिप्रसाद कँडेल (रम्भा), पदम श्रेष्ठ (रैनादेवी), गणेश राना (माथागढी) दिलबहादुर ढेंगा (पूर्वखोला), निलबहादुर घर्ती मगर (बगनासकाली), कृष्ण बहादुर सुनारी (निस्दी), हर्कबहादुर दिसुवा (तिनाउ) रहेको नव निर्वाचित प्रदेश सदस्य नवराज पन्थीले जानकारी दिनुभयो । पन्थीका अनुसार तानसेन नगर समितिमा कपिल पाण्डेको संयोजकमा समिति गठन भएको छ ।

कार्यक्रममा सुरक्षित आप्रवासन (सामी) का लुम्बिनी प्रदेश संयोजक विजय ठाकुर र प्रतिनिधि जियाउल हकले वैदेसिक रोजगारको वर्तमान परिवेश, अवसर र चुनौती तथा नेपालमा वैदेसिक रोजगारको प्रभाव विषयमा सहजीकरण गर्नुभएको थियो । तानसेन नगरपालिकाका सन्तोषलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नगरउपप्रमुख प्रतिक्षा गाहा सिंजाली, प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरी विषयगत शाखा प्रमुख, कर्मचारी, सञ्चारकर्मी लगायतको उपस्थिती थियो ।
कार्यक्रममा सामीका जिल्ला संयोजक दिनेश घिमिरेबाट सामी कार्यक्रमको वार्षिक गतिविधि श्रम गरेर फर्किएका श्रमिकको अवस्थासम्बन्धी जानकारी गराउनुभएको थियो । सोही अवसरमा आप्रवासी श्रमिक सञ्जाल लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष रामु भुसालले सञ्जालको आवश्यकताका बारेमा जानकारी गराउनु भएको थियाे।









