२०८२ फाल्गुन २ शनिबार
२०८२ फाल्गुन २ शनिबार

नागरिक सहजताका लागि निस्दीमा वडाबाटै सेवा सुरु

भोजराज भट्टराई
पाल्पा २८, मंसिर
गाउँपालिकाभित्रका नागरिलाई सहज सेवा प्रदान गर्न निस्दी गाउँपालिकाले आइतबारबाट वडास्तरीय एकीकृत घुम्ती शिविर सञ्चालन गरेको छ । आइतबार वडा नं. १ वाकामलाङबाट शुरु भएको शिविर पुष ६ गते मंगलबारसम्म सञ्चालन हुनेछ ।


गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्ण बहादुर चितौरेले सेवामा नागरिकको सहज पहुँच वृद्धिका लागि वडास्तरीय घुम्ती शिविर आयोजना गरिएको जानकारी दिनुभयो । ‘पुष ३ गते शनिबारका दिनबाहेक मंसिर २८ गतेदेखि चलेको शिविर निरन्तर वडास्तरमा चल्नेछ’,प्रमुख प्रशासकीय अधिकृत चितौरेले भन्नुभयो, ‘वडावासीको आवश्यकता तथा सेवा सहजताको लागि वडास्तरमा एकीकृत शिविर सञ्चालन गरिएको हो ।’ गाउँकार्यपालिकाबाट प्रवाह हुने धेरै जसो सेवा गाउँपालिकाका ७ वटै वडातहमै पुगेर प्रदान गरिने उहाँले बताउनुभयो ।


शिविरमा योजना सम्झौता र पेश्की वितरण, व्यवसाय दर्ता नविकरण, ज्येष्ठ नागरिक सम्मान, पशु स्वास्थ्य औषधि निःशुल्क वितरण, निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण, कृषि प्रदर्शनी र माटो परीक्षण, वैदेशिक रोजगार सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन हुने लेखा अधिकृत सरोज काफ्लेले जानकारी दिनुभयो ।

यस्तैगरी आयुर्वेद औषधी वितरण, बौद्धिक प्रतियोगिता सञ्चालन, खसी बोका प्रदर्शनी, अपाङ्ग परिचय पत्र वितरण, रगत समुह परीक्षण, स्थानीय उत्पादनको प्रदर्शनी, पञ्जिकरण र सामाजिक सुरक्षासँग सम्बन्धित सेवा र गाउँपालिकाबाट प्रवाह हुने अन्य सेवा समेत प्रदान गरिने लेखा अधिकृत काफ्लेले बताउनुभयो ।


आइतबार एकीकृत घुम्ति शिविरको गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले शुभारम्भ गर्नुभएको हो । शिविरको शुभारम्भ गर्दै अध्यक्ष सारुले जनताको सहजताको लागि गाउँपालिकाभित्रका ७ वटै वडामा पुगेर नागरिकका गुनासा र सुझाव सम्बोधन गर्दै शिविरमार्फत सहज रूपमा सेवा प्रदान गर्न लागिएको बताउनुभयो । घरदैलोमै आएको सेवाबाट भरपुर लाभ लिन अध्यक्ष सारुले स्थानीयलाई आग्रह समेत गर्नुभयो ।


गाउँतहमै सेवा लिन पाउँदा स्थानीय सेवाग्राहीले खुसी व्यक्त गरेका थिए । निस्दी गाउँपालिले वार्षिक कार्यक्रम अन्तर्गत नागरिकलाई स्थानीय सरकारको अनुभूति गराउन प्रत्येक वर्ष वडातहमै पुगेर एकीकृत घुम्ती शिविर सञ्चालन गर्दै आएको जनाएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।