२०८२ फाल्गुन २ शनिबार
२०८२ फाल्गुन २ शनिबार

शिक्षकलाई प्रविधि सिकाउँदै बगनासकाली

भोजराज भट्टराई
पाल्पा, २ पाैष ।
पाल्पाको बगनासकाली गाउँपालिकाले बुधबारदेखि आइटी स्रोत शिक्षकका लागि सूचना प्रविधि सम्बन्धी तालिम सञ्चालन गरेको छ । गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको समन्वय र गाउँपालिकाको आयोजना शुक्रबारसम्म चल्ने तालिममा बुधबार इमिस अध्यावधिक सम्बन्धी तालिम चलाइएको शिक्षा शाखा प्रमुख निशा पाण्डेले जानकारी दिनुभयो ।

उहाँले यस प्रकारका तालिम, प्रशिक्षण, अभिमुखीकरण कार्यक्रमलाई विभिन्न चरणमा सञ्चालन गर्दै लैजाने र गाउँपालिकाभित्रका सम्पूर्ण विद्यालयका शिक्षकलाई प्रविधिसँग अभ्यस्त गराउने योजना रहेको बताउनुभयो ।
गाउँपालिकाले मंसिर ३ गते बुधबार र ४ गते विहिबार सूचना प्रविधिका नयाँ आयाम, शिक्षण सिकाईमा प्रविधिको प्रयोग लगायतका विषयमा विशेषज्ञहरूबाट तालिम दिइने शाखा प्रमुख पाण्डेले जानकारी दिनुभयो ।

तीन दिनसम्म चल्ने तालिमको उद्घाटन सभामा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि तालिम अवधिभर सिकाई उपलब्धी बढाउनेगरी केन्द्रीत हुन सहभागी शिक्षकलाई अनुरोध गर्नुभयो । उहाँले तालिमले विद्यालयलाई प्रविधिमैत्री बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

गाउँपालिकाका कार्यवहाक अध्यक्ष हरिप्रसाद पाठकले बगनासकालीको शैक्षिक गुणस्तर वढाउन शिक्षकको माग अनुसार तालिम सञ्चालन गरिएकाले सिकाईलाई प्रभावकारी बनाउँन आग्रह गर्नुभयो । उहाँले शिक्षकहरूमा सिकाई आदानप्रदानले शैक्षिक गुणस्तर अभिवृद्धि हुने र विषयगत र प्राविधिक अन्यौलता हटाउन सहज हुने भन्दै सूचना प्रविधिसँग जोडिएर राखिएको तालिम प्रभावकारी हुनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले वर्तमान समयमा शताब्दी सुहाउँदो शिक्षणका लागि सूचना प्रविधिको प्रयोग अनिवार्य भएको बताउनुभयो ।


गाउँपालिकाका कार्यवहाक अध्यक्ष हरि प्रसाद पाठकको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रम गाउँपालिका शिक्षा प्राविधिक विन्दु ढकालको सञ्चालनमा चलेको थियो । बुधबार इमिस अध्यावधिक सम्बन्धी तालिमको सहजीकरण बालकृष्ण गैरेले गर्नुभएको थियो । तालिममा बगनासकालीभित्रका विभिन्न विद्यालयका प्रअ तथा आइटी स्रोत शिक्षक गरी ३० जनाको सहभागिता रहेको छ । बगनासकाली गाउँपालिकाभित्र १० वटा मावि र २७ आधारभुत गरी ३७ वटा विद्यालय रहेका छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।