२०८२ फाल्गुन २ शनिबार
२०८२ फाल्गुन २ शनिबार

तिनाउमा पर्यापटन सम्बन्धी वडास्तरीय छलफल

पाल्पा ३, पौष ।

चुरे क्षेत्रमा रहेका सामुदायिक वन, वन्यजन्तुको अवस्था र सुशासन सम्बन्धि वडास्तरीय छलफल कार्यक्रमको शुभारम्भ मंगलबारदेखि तिनाउ गाउँपालिकाको वडा नं. १, कचलबाट भएको छ ।

सो वडामा रहेका १४ वटा सामुदायिक वनका पदाधिकारीहरुको सार्थक सहभागितामा सञ्चालित उक्त कार्यक्रमको प्रमुख अतिथि रहेका सवडिभिजन वन कार्यालय, तिनाउ, पाल्पाका वरिष्ठ अधिकृत प्रेमबहादुर चौधरीले सामुदायिक वन समूहहरुमा वर्तमानमा देखा परेका समस्या, समाधानका उपायहरु र समूह तथा वन कार्यालयबीचको समन्वय ,सहकार्य एवम् सहयात्राका सन्दर्भमा प्रकाश पारेका थिए । वन ऐन,कानून र नियमावलीलाई मानेर समूहहरुले आफ्ना गतिविधिहरुलाई अघि बढाउन उनले सुझाए ।

लुम्बिनी पर्यटन परिषदका सदस्य एवम् बुटवल फूलबारीका अध्यक्ष माधव नेपालले एक वन एक उद्यम र वनमार्फत् पर्यापर्यटनको विकास सम्भव रहेको ओैल्याउँदै वनको धनी कचलले आफ्नो संस्कृति र प्रकृतिलाई जोगाउँदै गाउँमा आन्तरिक एवम् बाह्य पर्यटकहरु भित्र्याउन पर्यटकीय स्थलहरुको निर्माण,विकास र प्रचारमा जोड दिनुपर्ने बताए ।

त्यसैगरी वडाध्यक्ष भुवानसिं चिदीले आफ्नो वडाभित्र रहेका सामुदायिक वनहरुको सुशासनमा आफ्नो चासो रहेको बताउँदै वडाको विकासमा सामुदायिक वनसँग आफूहरु हातेमालो गर्न तयार रहेको बताए ।

सामुदायिक वन समन्वय समिति, तिनाउका अध्यक्ष दलबहादुर गुरुङले सामुदायिक वन र चुरेको ईतिहास, उपभोक्ता समूह गठन एवम् समुदायमा हस्तान्तरणको अवस्था, समूहमा देखापरेका वर्तमान समस्या,कारण र समाधानका लागि सरोकारवालाहरुको भूमिका विषयमा प्रष्ट्याएका थिए । उनले डढेलोको कारण वन,जडिबुटी र वन्यजन्तुको क्षति हुने भएकाले वनलाई डढेलोबाट जोगाउन समूहहरुको दायित्व र जिम्मेवारी रहेको उल्लेख गरे ।

संस्थाका वरिष्ठ उपाध्यक्ष प्रेम पाण्डेयले छलफल कार्यक्रमको उद्देश्य, ओैचित्य र समूहको भूमिका बताउँद‌ै सहभागीहरुलाई स्वागत गरेका थिए । उनले वन समूहहरुमा सुशासन र गतिशीलता आवश्यक रहेको बताए ।

उक्त कार्यक्रममा सहभागी उपभोक्ता समूहका तर्फबाट खेमबहादुर बुचा, रोमबहादुर लम्तरी,सीताराम सोमरे ,ऐमानसि चिदी, तेजकुमारी तरामी,गीता रानालगायतले आआफ्ना वन समूहहरुले गरेका उन्नति,प्रगति बताउँदै वनमा देखा परेका समस्याहरुका सन्दर्भमा जिज्ञासा राखेका थिए ।

संस्थाका महासचिव गणेश रास्कोटीको सञ्चालन र अध्यक्ष दलबहादुर गुरुङको अध्यक्षतामा पहिलो दिनको कार्यक्रम सम्पन्न भएको थियो । छलफल कार्यक्रम तिनाउ गाउँपालिकाका ६ वटै वडाका ८१ वटा सामुदायिक वन उपभोक्ता समूहहरु,वडाध्यक्षहरु र सरोकारवालाकाबीच पौष ७ गतेसम्म सञ्चालन हुनेछ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।