२०८२ फाल्गुन २ शनिबार
२०८२ फाल्गुन २ शनिबार

पाल्पा प्यारागनमा सरस्वती पूजासहित सांस्कृतिक कार्यक्रम

 

पाल्पा, ९ माघ ।
पाल्पा प्यारागन इङलिस बोर्डिङ्ग स्कूलले बसन्त पञ्चमीको अवसरमा सरस्वती पूजासहित सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । शुक्रबार विद्यालय परिसरमा शिक्षक, विद्यार्थी, अभिभावकसहित नागेश्वर भजन समूह बगनासकाली–३ को सहभागितामा सरस्वती पूजा, भजन किर्तन एवम् सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो ।

वसन्त पञ्चमीको अवसरमा अक्षराम्भ कार्यक्रमसहित शैक्षिक सत्र २०८३ को लागि बाल कक्षामा भर्ना खुलाइएको विद्यालयका प्रिन्सिपल गंगाबहादुर खत्रीले जानकारी दिनुभयो । सोही अवसरमा शुक्रबार पच्चीस बालबालिका भर्ना भएको प्रिन्सिपल खत्रीको भनाई छ । विद्यार्थीको क्षमता विकासको लागि विद्यालयमा साहित्य क्लव, चित्रकला क्लव, हाजिरीजवाफ क्लव, नृत्य क्लव, खेलकूद क्लव गठन गरी प्रत्येक शुक्रबार प्रशिक्षण गर्दै आइएको समेत खत्रीले जानकारी दिनुभयो ।


विद्यार्थीलाई उत्साह भर्न र कार्यक्रमलाई स्तरीय बनाउन सांस्कृतिक कार्यक्रमसहित सरस्वती पूजाको कार्यक्रम राखिएको विद्यालयका सह प्रधानाध्यापक रामप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो उहाँका अनुसार हाल विद्यालयमा तीन सय पचास विद्यार्थीले अध्ययन गरिरहेका छन् ।

यसैविच विद्यालयले ‘राष्ट्रिय एस क्यू सि अवार्ड’ २०२६ प्राप्त गरेको छ । क्वेस्ट नेपालको आयोजनामा सेन्ट म्यारी स्कूल पोखरामा भएको १९ औं राष्ट्रिय विद्यार्थी गुणस्तर वृत्त सम्मेलन (एन सि एस क्यू सि) मा सम्मेलनमा सहभागी देशभरका १८३ विद्यार्थीमध्ये ३ उत्कृष्ट विद्यालयको रूपमा छनोट भई विद्यालयले अवार्ड प्राप्त गरेको हो । राष्ट्रिय सम्मेलनमा विद्यालयबाट सहभागी छात्रा शियसी सारुले ट्रेजर हन्ट प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्न समेत सफल भएकी छन् । राष्ट्रिय अवार्ड प्राप्त गर्नुको साथै ट्रेजर हन्टमा समेत प्रथम हुनुले विद्यालयको गरिमालाई थप उचाईमा पु¥याएको प्रिन्सिपल खत्रीले बताउनुभयो । प्रिन्सिपल खत्रीका अनुसार एस क्यू सी एक विद्यार्थी गुणीयचक्र प्रक्रिया हो । यसले विद्यार्थीहरूको प्रतिभाको प्रस्फुटन गर्न महत्त्वपूर्ण भूमिका खेल्दछ ।


पाल्पा प्यारागन स्कूलले अतिरिक्त क्रियाकलाप उस्सु, आइटिएफ, फुटबल, व्याडमिन्टन प्रतियोगितामा उत्कृष्ट नतिजा प्राप्त गर्दै आएको छ । विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट नतिजा प्राप्त गर्दै आएका विद्यालयले ब्रिटीस काउन्सिल र नेपाल सरकार शिक्षा विभागद्वारा प्रदान गरिने अन्तर्राष्ट्रिय अवार्ड समेत प्राप्त गरेको प्रिन्सिपल खत्रीले जानकारी दिनुभयो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।