२०८२ फाल्गुन २ शनिबार
२०८२ फाल्गुन २ शनिबार

वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण

पाल्पा, १२ माघ ।
पाल्पाको बगनासकाली गाउँपालिकामा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण थालिएको छ । गाउँपालिकाले ज्येष्ठ, अशक्त नागरिकको सहजताको लागि वडा–वडामा पायक पर्ने स्थानमा घुम्ति शिविर सञ्चालन गरी सामाजिक सुरक्षा भत्ता वितरणको सेवा सञ्चालन गरेको हो ।


असोज ११ आइतबार देखि शुरु गरिएको वडातहमा सामाजिक सुरक्षा भत्ता वितरणको सेवा १८ गतेसम्म सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार नेपाल बैंकसँग समन्वय गरेर गाउँपालिको सहकार्यमा वडामा पुगेर लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।

यसैबिच ११ गते आइतबार वडा नं. ६ स्थित गुँगा मा.वि.बाट ८२ जना लाभग्राहीलाई ११ लाख १७ हजार सामाजिक सुरक्षा भत्ता प्राप्त प्रदान गरिएको नेपाल बैंक पाल्पाका असिस्टेन्ट दिपक न्यौपानेले जानकारी दिनुभयो । वडा नं. ६ कै सीता मा.वि.बाट १२ गते सोमबार ७ जना लाभग्राहीलाई ९ लाख ९३ हजार १ सय रुपैंया वितरण गरिएको नेपाल बैंक पाल्पा शाखाका असिस्टेन्ट सिर्जना पाण्डेले जानकारी दिनुभयो ।


गाउँपालिकाले १३ गते मंगलबार वडा नं. ४ खानीछाप, १४ गते वडा नं. ७ खानीगाउँ र वडा नं. ८ बराङ्दीमा सामाजिक सुरक्षा भत्ता वितरणको सेवा प्रदान गर्ने एम.आई.एस. अपरेटर भोजराज भट्टराईले जानकारी दिनुभयो । यस्तै माघ १५ गते बुधबार वडा नं.२ पोखराथोक र वडा नं. ३ आर्यभञ्जाङ्गबाट सेवा प्रदान गरिने छ । माघ १८ गते वडा नं. ५ दर्लमडाडाँमा सामाजिक सुरक्षा भत्ता वितरणको सेवा प्रदान गरिने बताइएको छ ।

बगनासकाली गाउँपालिकामा दोस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ३ हजार १ सय ४६ जना लाभग्राही रहेका गाउँपालिकाले जानकारी दिएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।