
पाल्पा ।
प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन आचारसंहिता पालना गराउन पत्रकारको भूमिका महत्त्वपूर्ण हुने सरोकारवालाले बताएका छन्।
प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल नेपाल पत्रकार महासंघ पाल्पा शाखाको संयोजनमा फागुन १५ गते शुक्रबार आयोजित निर्वाचन आचारसंहिता र मिडिया विषयक अन्तरक्रिया कार्यक्रममा जिल्ला अदालत पाल्पाका माननीय न्यायधीश तथा मुख्य निर्वाचन अधिकृत हरिप्रसाद शर्माले निर्वाचन आचारसंहिता सबैका लागि नैतिक दायित्व र जिम्मेवारी भएकाले दल, उम्मेदवार, कर्मचारी तथा पत्रकार सबैले इमान्दारी पूर्वक पालना गर्नुपर्ने बताउनुभयो ।

उहाँले निर्वाचनको वातावरण स्वच्छ बनाउन सञ्चारकर्मीको भूमिका विशेष रहने उल्लेख गर्दै चुनावअघि हारजितको अनुमान र मतगणना बारे भ्रामक विश्लेषण प्रकाशित नगर्न सचेत गराउनुभयो । उहाँले आफ्नो दायित्वलाई जिम्मेवार व्यक्तिले बुझ्न जरी रहेको भन्दै सञ्चारकर्मी आफैले आफैलाई नैतिक, आदर्श र संयमित बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो। साथै निर्वाचन वातावरणमैत्री भए÷नभएको विषयमा निगरानी राख्न र निष्पक्ष ढङ्गले रिर्पोटिङ गर्न आग्रह गर्नुभयो ।

पाल्पाका प्रमुख जिल्ला अधिकारीले मतदान स्थलमा रिर्पोटिङ्ग गर्ने पत्रकारका लागि आवश्यक सहजीकरण गर्न प्रशासन सधैं तयार रहेको स्पष्ट पार्नुभयो। उहाँले निर्वाचनलाई मर्यादित बनाउन सकारात्मक सोचका साथ सहयोग गर्न सञ्चारकर्मीलाई अनुरोध गर्नुभयो। पाल्पाली मिडिया पारदर्शी र स्वच्छ छविको रहेको भन्दै उहाँले चुनावलाई निष्पक्ष, भयरहित र पादर्शी बनाउने वातारण सिर्जना गर्न सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण रहने बताउनुभयो ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य केशव शरण लामिछानेले निर्वाचन आचारसंहिता पालना सम्बन्धमा प्रस्तुतीकरण राख्नुभएको थियो । पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सिनाले निर्वाचन आचारसंहिताको पालना गरेर पत्रकारले रिर्पोटिङ गर्नुपर्नेमा जोड दिनुभयो । उहा“ले आचारसंहिता पालनामा सञ्चारकर्मी इमान्दार ढंगले लागेको बताउनुभयो । प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य विजयराज अधिकारीको अध्यक्षता, सदस्य भिमलाल श्रेष्ठको स्वागत र पत्रकार महासंघका पाल्पा सचिव रामचन्द्र रायमाझीको सञ्चालनमा अन्तरक्रिया कार्यक्रम भएको थियो ।





