२०८३ बैशाख २ बुधबार
२०८३ बैशाख २ बुधबार

राम मा.वि.को ७० औं वार्षिकोत्सव

पाल्पा १२ फागुन ।
बगनासकाली ४ स्थित राम माध्यमिक विद्यालयको ७० औं वार्षिकोत्सव एवम् अभिभावक दिवस सम्पन्न भएको छ । प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई प्रमुख प्रेम राज खरेलले गुणस्तरीय शिक्षामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र प्रकाश पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा शैक्षिक सत्र २०८१ सालको वार्षिक परीक्षाको पुरस्कार वितरण गरिएको विद्यालयका शिक्षक राम ज्ञवालीले जानकारी दिनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि बगनासकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे, शिक्षा शाखा प्रमुख निशा पाण्डे, पूर्व प्रधानाध्यापक डोलराज बस्याल, सामाजिक स्रोत विकास केन्द्रका कार्यक्रम संयोजक पिताम्बर बस्याल गायतले शिक्षक, अभिभावक र विद्यार्थीको व्यवस्थापन हुन सकेमा शिक्षाको गुणस्तर सुधार गर्न सकिने बताउनुभयो ।


प्रधानाध्यापक गोविन्द पाण्डेले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । उहाँले विद्यालयको १ करोड ५३ लाख ८४ हजार ७ सय १२ रुपैंया बराबरको आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमकै अवसरमा विद्यालयमा योगदान पु¥याउने शिक्षक, अभिभावक र विद्यार्थीलाई सम्मान गरिएको थियो । विद्यालयका सहायक प्रधानाध्यापक ओमप्रकाश बस्यालको सञ्चालनमा भएको कार्यक्रम भएको थियो । कार्यक्रमकै अवसरमा विद्यार्थीले आफ्ना विविध प्रस्तुती प्रदर्शन गरेका थिए ।

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।