२०८३ बैशाख २ बुधबार
२०८३ बैशाख २ बुधबार

कार्यसम्पादनमा पहिलो बन्यो बगनासकाली गाउँपालिका

पाल्पा, २८ फागुन ।
कार्यसम्पादन मूल्याङ्कनमा पाल्पाका १० स्थानीय तहहरूमा बगनासकाली गाउँपालिका प्रथम भएको छ । बुधबार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको अन्तिम नतिजामा बगनासकाली गाउँपालिका ७१ दशमलव ९६ अंकभारसहित पाल्पा जिल्लामा पहिलो स्थानमा आएको हो ।

यसअघि आर्थिक वर्ष २०८०/०८१ को प्रारम्भिक नतिजामा भने रिब्दीकोट जिल्लामा धेरै अंक प्राप्त गर्ने स्थानीय तहमा रहेको थियो । आयोगको अन्तिम नतिजामा रिब्दीकोट गाउँपालिकाले ६९ दशमलव ९४ अंकभार प्राप्त गरी दोस्रो स्थानमा आएको छ । यस्तैगरी रम्भा गाउँपालिकाले ६७ दशमलव १९ अंकभारसहित जिल्लामा तेस्रो स्थानमा आएको छ ।

कार्यसम्पादनमा तानसेन नगरपालिकाले ६६ दशमलव ८०, रैनादेवी छहरा गाउँपालिकाले ६६ दशमलव ७६, रामपुर नगरपालिकाले ६५ दशमलव ६१, माथागढी गाउँपालिकाले ६० दशमलव ९२, तिनाउँ गाउँपालिकाले ६० दशमलव १७, निस्दी गाउँपालिकाले ५७ दशमलव ६० अंकभार प्राप्त गरेका छन् । कार्यसम्पानको अन्तिम नतिजामा पूर्वखोला गाउँपालिकाले ५६ दशमलव ८७ अंक प्राप्त गरेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बुधबार सार्वजनिक गरेको अन्तिम नतिजा अनुसार बगनासकाली गाउँपालिका जिल्लामै पहिलो र पूर्वखोला गाउँपालिका कम अंक प्राप्त गर्ने पालिका भएका हुन् ।

कार्यसम्पादनमा प्रथम भएपछि गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले उत्कृष्ट नतिजा ल्याउन सहयोग गर्ने सवैप्रति धन्यवाद व्यक्त गर्नुभएको छ । चिदीले सामाजिक सञ्जालमार्फत लेख्नुभएको छ । ‘यो नतिजा ल्याउन अहोरात्र खटिने सम्पूर्ण कर्मचारी एवम् जनप्रतिनिधि साथीहरू साथै निरन्तर रूपमा सल्लाह, सुझाव, सहयोग, समन्वय र सहकार्य गर्नुहुने सम्पूर्ण सरोकारवाला महानुभावप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।’ जनप्रतिनिधि, कर्मचारी लगायतको मेहनतको कारण कार्यसम्पादन मूल्याङ्कनमा पहिलो स्थान ल्याएको अध्यक्ष चिदीले बताउनुभयो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।