२०८३ बैशाख ३ बिहीबार
२०८३ बैशाख ३ बिहीबार

पाल्पा, परेवा ।
आज चैत्र २३ गतेदेखि सरकारी कार्यालय विहान ९ बजेदेखि खुलेका छन् । हिजो चैत्र २२ गते आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय अनुसार आजदेखि देशभरका सरकारी कार्यालयहरू विहान ९ बजेदेखि बेलुका ५ बजेसम्म खुल्ला हुने भएका हुन् ।

चैत्र २२ गतेसम्म कार्यालय समय विहान १० बजेदेखि ५ बजेसम्म थियो । जाडोयाम –कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म) भने कार्यालय समय बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म सञ्चालन हुन्थ्यो ।

मन्त्रिपरिषद् बैठकले इन्धन खपत घटाउनका लागि शनिबार र आइतबार दुई दिन बिदा दिने तथा सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको थियो । यस सम्बन्धी निर्णय हिजो नै राजपत्रमा प्रकाशित भइसकेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।